
कैलाली, ८ पुस– पूर्व पश्चिम महेन्द्र राजमार्गअन्तर्गत कैलालीको रामशिरझाला–७ सिमतरीमा गएराति मोटरसाइकल दुर्घटनामा परी एक जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।
पहमानपुरबाट सुखडतर्फ गइरहेको से३प २७५६ नम्बरको मोटरसाइकल दुर्घटनामा परी पहमानपुर–३ का ३३ वर्षीया नवराज जोशीको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडले जानकारी दिएको छ ।
अहिले शव सुखडस्थित घोडाघोडी अस्पतालमा रहेको छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।