
काठमाण्डु, ८ पुस– संयुक्त राष्ट्रसंघले अवरुद्ध प्राय: नेपालको शान्ति प्रक्रिया र संविधान निर्माण सम्बन्धमा चासो देखाएको छ ।
राष्ट्रसंघका उपमहासचिव ज्ञानचन्द्र आचार्यले मंगलबार एमाओवादी नेतृत्वसँग भेट गरी शान्ति प्रक्रिया र संविधान निर्माण प्रक्रियाबारे चासो राखेका हुन् ।
लाजिम्पाटस्थित अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवासमा करिब आधा घण्टा भएको भेटमा एमाओवादी शीर्ष नेतृत्वले आफूहरु शान्ति र संविधान निर्माण प्रक्रियालाई पूर्णता दिन गम्भीर रहे पनि काँग्रेस–एमाले गणितीय खेलमा लागेकाले जटिलता उत्पन्न भएको बताएको थियो ।