मल पुनः परीक्षणका लागि केन्द्रमा फिर्ता

काठमाण्डु टुडे २०७१ पुष ८ गते २:३७ मा प्रकाशित

नवलपरासी, ८ पुस– नवलपरासीमा सरकारी अनुदानमा आएको रासायनिक मल गुणस्तरहीन भएको भन्दै किसानले विरोध जनाएपछि उक्त मल पुनः परीक्षणका लागि केन्द्रमा पठाइएको छ ।

कम्पनीमार्फत जिल्लाका सहकारी संस्थाबाट वितरण भइरहेका अधिकांश युरिया मलमा धुलो भएका कारणले किसानले क्षतिपूर्ति दिन माग गरेपछि मललाई पुनः परीक्षणका लागि केन्द्रमा पठाइएको हो ।

जिल्लामा पठाइएको रासायनिक मल गुणस्तरहीन भएको गुनासो आएपछि कृषि सामग्री कम्पनीको भैरहवा क्षेत्रीय कार्यालयले त्यसको अनुगमन गरी मललाई पुनः परीक्षण गर्न केन्द्रमा पठाएको हो । त्यसबारे वास्तविकता बुझ्न आएको भैरहवा क्षेत्रीय कार्यालयका अञ्चल प्रबन्धक अजय श्रीवास्तवको टोलीले ५० केजीका पहेंला रङका केही युरिया बोरामा धुलो भएको पाइएको जनाएको छ ।

नवलपरासीस्थित आदर्श बहुमुखी सहकारी कार्यालयमा आएको उक्त टोलीले बोरामा रहेको धुलो मललाई पुनः परीक्षणका लागि केन्द्रमा पठाउनका लागि नमूना लिएर गएको आदर्श बहुमुखी सहकारीका व्यवस्थापक सञ्जय सिंहले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us