समाचार

उपत्यकाको भोट गन्ने ठाउँ तय भयो

२०७० मंसिर ३ गते ११:२०

काठमाण्डु, ३ मंसिर । उपत्यकाका जिल्लाहरुमा मतदान सकिएपछि मतगणना हुने स्थान तय भएका छन् । विघटित संविधानसभाको भवन बानेश्वरमा उपत्यकाको मतगणना गरिने भएको छ । साँझ ५ बजे मतदान सकिएपछि सबै मतपेटिकाहरु विघटिन संविधानसभा भवनमा सुरक्षित पुर्‍याई गणना सुरु गर्ने काठमाण्डुका मुख्य निर्वाचन अधिकृत...

एमालेका खनाल र नेम्बाङले आचारसंहिता तोडे (उजुरीपत्र सहित)

२०७० मंसिर ३ गते १०:४२

इलाम, ३ मंसिर– इलाममा एमाले अध्यक्ष झलनाथ खनाल र एमाले नेता सुवासचन्द्र नेम्बाङविरुद्ध आचारसंहिता उल्लंघनको उजुरी परेको छ । मौन अवधिमा प्रचार–प्रसार कार्य गरेको भन्दै काँग्रेस र एकीकृत माओवादीले जिल्ला निर्वाचन कार्यालयमा उजुरी गरेको हो । इलाम–१ का उम्मेदवार खनाल र इलाम–२ का उम्मेदवार...

बुथ लुट्ने प्रयास असफल

२०७० मंसिर ३ गते ९:५३

चितवन, ३ मंसिर– कविलास गाविस कार्यालयमा रहेको मतदान केन्द्रमा निर्वाचन सामग्री लुट्ने प्रयास विफल भएको छ । नारायणगढ–मुग्लिन सडकखण्ड क्षेत्रमा रहेको सो मतदान केन्द्रमा रहेका निर्वाचन सामग्री लुट्ने र विस्फोट गराउने निर्वाचन विरोधीको योजना सुरक्षा निकायले थाहा पाएपछि असफल भएको हो । प्रमुख जिल्ला...

हिमालपारि पनि चुनावी तयारी पूरा

२०७० मंसिर ३ गते ९:१७

पोखरा, ३ मंसिर– हिमालपारिका जिल्ला मुस्ताङ र मनाङमा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । चिसो मौसमका बाबजुत पनि संविधानसभा निर्वाचनका लागि सबै कर्मचारी आ–आफनो मतदान केन्द्रमा  पुगिसकेका छन् । एक निर्वाचन क्षेत्र रहेको मुस्ताङका तीन अस्थायी मतदान केन्द्रमा सबै महिला कर्मचारी खटाइएको छ...

सरकारका प्रवक्ता भन्छन–सुरक्षाको चिन्ता लिनु पर्दैन

२०७० मंसिर ३ गते ९:०३

काठमाण्डु, ३ मंसिर–सूचना तथा सञ्चारमन्त्री माधव प्रसाद पौडेलले मतदाताको लागि निर्वाचन बुथसम्म जाने र मतदान गरेर घरसम्म फर्किन सम्पूर्ण सुरक्षा ब्यवस्था मिलाएकोले कसैले पनि चिन्ता नलिई निश्चिन्त भएर मतदान गर्न आग्रह गरेका छन् । उनले सरकारले सुरक्षाको अवस्था हेरेर अतिसंबेदनशिल, संबेदनशिल र सामान्य क्षेत्रमा...

जनताको भाग्य र भविष्यको चुनाव: प्रमुख आयुक्त

२०७० मंसिर ३ गते ८:५८

काठमाण्डु, ३ मंसिर– निर्वाचन आयोगका प्रमुख आयुक्त नीलकण्ठ उप्रेतीले मंगलबार हुने संविधानसभाको चुनाव नेपाली जनताको भाग्य र भविष्य भएको बताएका छन् । उप्रेतीले चुनाव स्वतन्त्र र निश्पक्ष हुनेमा विश्वास दिलउँदै चुनावको अवसर सदुपयोग गर्न आग्रह गरे । निर्वाचनको पूर्ण तयारी भएको जानकारी गराउन निर्वाचन...

एमाले उम्मेदवार प्याकुरेलका ६ वटा गाडी प्रहरी नियन्त्रणमा

२०७० मंसिर ३ गते ८:३७

राजबिराज ३ मंसिर–सप्तरी निर्वाचन क्षेत्र नम्बर १ का एमाले उम्मेदवार सुमनराज प्याकुरेलले निर्वाचन आचारसंहिता विपरितको काम गरेपछि प्रहरीले ६ वटा गाडी नियन्त्रणमा लिएको छ । झोलामा पैसा लिएर गएका प्याकुरेलका दाई सुवोध प्याकुरेल समेत घटनास्थलबाट भागेका सप्तरीका पत्रकार वैद्यनाथ यादवले जनाएका छन । मतदातालाई...

निमोनियाबाट प्रभावित बलबालिकाको सङ्ख्या बढ्यो

२०७० मंसिर ३ गते ८:०६

गाईघाट,३ मङ्सिर–केही दिनयता बढेको चिसोका कारण निमोनियाबाट प्रभावित भई जिल्ला अस्पताल उदयपुरमा उपचार गर्न आउने बालबालिकाको सङ्ख्या बढेको छ । अहिले प्रत्येक दिन २० देखि ३० भन्दा बढी निमोनिया तथा रुघाखोकीबाट प्रभावित बालबालिका जिल्ला अस्पताल उदयपुरमा उपचारका लागि आउने गरेको जिल्ला अस्पताल उदयपुरका प्रमुख...

भक्तपुरमा रगत अभाव, रक्तदान गर्न आग्रह

२०७० मंसिर ३ गते ८:०४

भक्तपुर, ३ मङ्सिर– रगत नपाए भक्तपुर जानु भन्ने नारा यतिखेर भक्तपुरमा उल्टिएको छ ।  रक्तसञ्चार केन्द्र काठमाण्डुमा रगत अभाव हुँदा पनि भक्तपुरमा रगत अभाव नहुने भए पनि अहिले भक्तपुरमा नै रगतको अभाव भएको छ । नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखामा सञ्चालित रक्तसञ्चार केन्द्रमा रगतको...

समूहगत हिँड्डुल र समूहमा मोटरसाइकल चलाउन रोक

२०७० मंसिर ३ गते ७:५९

चितवन, ३ मङ्सिर– एकपछि अर्को अप्रिय घटना हुन थालेपछि जिल्ला प्रशासन कार्यालय चितवनले सोमबार पनि समूहगत हिँड्डुल र समूहमा मोटरसाइकल चलाउने नपाउने व्यवस्था गरेको छ । निर्वाचन आचारसंहितालाई पूर्ण पालना गराउनका लागि स्थानीय प्रशासनले समूहगत हिँड्डुल र धेरै सङ्ख्याको मोटरसाइकलको यात्रा रोकेको चितवनका प्रमुख...

मतदानलाई व्यवस्थित र शान्तिपूर्ण बनाउन निर्देशन

२०७० मंसिर ३ गते ७:४९

काठमाण्डु, ३ मङ्सिर– मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले संविधानसभा निर्वाचनको मतदान कार्यक्रमलाई व्यवस्थित र शान्तिपूर्ण रुपमा गराउन पूर्ण क्षमता र आत्मबलका साथ काम गर्न सरकारका चारवटै सुरक्षा निकायलाई निर्देशन दिएका छन । मन्त्रिपरिषद् अध्यक्षको निवास बालुवाटारमा सोमबार भएको सुरक्षा स्थितिको समीक्षा बैठकमा उहाँले देशभरिका मतदान...

पहिलेको चुनावमा भन्दा अहिले बढी सुरक्षितः मन्त्री पौडेल

२०७० मंसिर ३ गते ७:४०

काठमाण्डु, ३ मंसिर– सूचना तथा सञ्चारमन्त्री माधव प्रसाद पौडेलले यसअघिको संविधानसभा चुनावमा भन्दा अहिले बढी सुरक्षित रहेको दावी गर्दै सुरक्षाको व्यवस्थालाई लिएर कसैले पनि चिन्ता नलिन आग्रह गरेका छन् । मतदाताको लागि निर्वाचन बुथसम्म जाने र मतदान गरेर घरसम्म फर्किन सम्पूर्ण सुरक्षा ब्यवस्था मिलाएकोले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us