४० हजारको लोभले सुन तस्कर गर्ने पक्राउ

काठमाण्डु टुडे २०७१ पुष ७ गते १२:५४ मा प्रकाशित

काठमाण्डु, ७ पुस–नेपाल प्रहरीले तिब्बतको खासाबाट भन्सार छली गैरकानुनी रुपमा राजधानी भित्र्याइँदै गरेको दुई किलो सुनसहित सिन्धुपाल्चोकका इन्द्रकुमार श्रेष्ठलाई पक्राउ गरेको छ ।

gold

सुराकीको गोप्य सूचनाका आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले खोजतलासका क्रममा ना२च ४१३५ नं  को बोलेरो गाडीलाई भक्तपुरको लोकन्थलीमा नियन्त्रणमा लिई खानतलासी गर्दा उनलाई सुनसहित पक्राउ गरिएको  प्रहरीले जनाएको छ ।

उक्त गाडीको पछाडि सिटमा बसेका  श्रेष्ठको शरीर तलासी गर्दा दुवै गोडाकोे जुत्तामा एक एक किलो अवैध सुन लुकाइछिपाई ल्याएको अवस्थामा बरामद गरिएको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

उक्त सुन श्रेष्ठले जिम्मी नाम गरेका चिनियाँबाट ४० हजार लिने गरी काठमाडौँ ल्याउन लागेका थिए ।  श्रेष्ठसहित उक्त गाडीका चालक सिन्धुपाल्चोकका छिरिङ तामाङलाई प्रहरीले पक्राउ गरेको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us