समाचार

एमाओवादी संस्थापन पक्ष र मधेसी मोर्चा नारायणकाजीसँग क्रुद्ध

२०७१ पुष ८ गते १०:१६

काठमाण्डु, ८ पुस– एकीकृत माओवादीको संस्थापन पक्ष र मधेसी मोर्चासहित संघीय गठबन्धनमा आवद्ध  दल नारायणकाजी श्रेष्ठसँग सशंकित भएका छन् । गठबन्धनले घोषणा गरेको आन्दोलनका कार्यक्रमबारे श्रेष्ठको असन्तुष्टि बाहिर आएपछि माओवादीभित्रको प्रचण्ड–बाबुराम खेमा र मधेसी मोर्चा क्रुद्ध बनेको हो । सत्तारुढ काँग्रेस–एमाले आफूहरुलाई पेलेरै संविधानसभाको...

सबै धर्मलाई सम्मान गर्दै सनातन हिन्दूराष्ट्र कायम गर्नुपर्छ : कमल थापा

२०७१ पुष ८ गते १०:१२

रौतहट, ८ पुस– राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले संविधान निर्माणको प्रक्रियामा संविधानसभाभित्र र बाहिर रहेका शक्तिलाई समेटेर मात्र जनताले खोजेको संविधान बन्न सक्ने बताएका छन् । रौतहटको चन्द्रनिगाहपुरमा आज आयोजित पत्रकार सम्मेलनमा उनले निषेधको राजनीतिले संविधान बनाउन खोजिए दुर्भाग्य हुने बताए ।...

बाह्र वर्षकै उमेरमा हत्या गरी फरार पाँच वर्षपछि पक्राउ

२०७१ पुष ८ गते ९:१७

सोलुखुम्बु, ८ पुस–पाँच वर्षअघि हत्या आरोप लागेर फरार टाप्टिङ् ७ का पेम्बाछेवाङ शेर्पालाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय एक वृद्धाको हत्यामा आरोप लागेपछि त्यसबेला १२ वर्ष उमेर रहेका शेर्पा फरार भएका थिए । हत्या गर्ने अन्यलाई सघाएको आरोपमा शेर्पालाई पनि अदालतले तीन महिना...

अख्तियारको डरले दिए खोटाङका २७ शिक्षकले राजीनामा

२०७१ पुष ८ गते ९:०५

खोटाङ, ८ पुस–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेपछि राजीनामा दिएका खोटाङका २७ शिक्षकको राजीनामा स्वीकृत भएको छ । मङ्सिर १ देखि २९ गतेभित्र २७ शिक्षकको राजीनामा आएको जिल्ला शिक्षा अधिकारी गणेशप्रसाद भट्टराईले जानकारी दिए । उनले भने, ‘राजीनामा दिने शिक्षकमा अधिकांश राहत दरबन्दीमा काम...

लुम्बिनी मेडिकल कलेजका बिरामी गर्छन् एउटै रोगको दुईपटक शल्यक्रिया

२०७१ पुष ८ गते ८:२२

पाल्पा, ८ पुस–लुम्बिनी मेडिकल कलेज एन्ड टिचिङ हस्पिटल लिमिटेडमा दुईपटक शल्यक्रिया गर्ने बिरामीको सङ्ख्या बढेको छ । अस्पतालमा पत्थरी तथा अन्य सबैखाले शल्यक्रिया गर्न आएका अधिकांश बिरामीले दुईपटक शल्यक्रिया गर्नुपरेको गुनासो गरेका छन् । दुईपटक शल्यक्रिया गर्दा अस्पताललाई आर्थिक रुपमा फाइदा हुने, चिकित्सकले कमिसन...

काभ्रेपलाञ्चोकमा रोकिएन मिर्गौला तस्करी, मिर्गौला बेच्दै ऋण तिर्दै स्थानीय

२०७१ पुष ८ गते ८:०८

बनेपा, ८ पुस–काभे्रपलाञ्चोक जिल्लामा मिर्गौला तस्करी दिन प्रतिदिन बढीरहेको छ ।   दलालले मिर्गौला बेच्न महिलालाई श्रीमती भएको कागज बनाउने र काठमाण्डुमा रगत जाँचेर घुम्ने बहानामा महिलालाई भारत लगेर मिर्गौलाको तस्करी गरिरहेको स्थानीयवासीले जनाएका छन् । उनीहरुका अनुसार्, दलालले ठूलो कमिसन पाउने भएकाले गाउँका...

केपी ओलीले मधेसी नेतालाई बालकोटमा भोज खुवाएकामा प्रचण्ड ससंकित

२०७१ पुष ८ गते ८:०१

काठमाण्डु, ८ पुस– एकीकृत माओवादीले संविधानका विवादमा छलफल गर्न प्रधानमन्त्री सुशील कोइरालाको आह्वानमा मंगलबार बस्ने भनिएको प्रमुख तीन दलका शीर्ष नेताको बैठक पनि बहिस्कार गरेको छ । मधेस केन्द्रित दललाई आफूहरुबाट अलग्याउन खोजेको भन्दै माओवादीले बिहान बैठक बहिस्कार गरेको हो । काँग्रेस–एमालेले सोमबार एमाओवादी...

सिके राउत भन्छन्, ‘मधेसीहरु नेपाललाई आफ्नो देश मान्न तयार छैनन्’

२०७१ पुष ८ गते ७:४८

रुपन्देही, ८ पुस– मधेसी बुद्धिजिवी एवम् स्वतन्त्र मधेस गठबन्धनका संयोजक सीके राउतले फेरि मधेसलाई नेपालबाट अलग गर्नुपर्ने विवादास्पद अभिव्यक्ति दिएका छन् । गठबन्धनले लुम्बिनीमा गरेको सभामा उनले नेपाल मधेसीहरुको देश नभएको जिकिर गरे । राउतले ६० वर्षअघिसम्म मधेसबाट काठमाण्डु जान भिसा लगाउनुपर्ने व्यवस्था रहेको...

हामीलाई पनि चाहियो प्रहरी चौकी…

२०७१ पुष ८ गते ७:१३

भीमदत्तनगर, ८ पुस–कञ्चनपुरको कृष्णपुर गाविस १ वाणिका स्थानीय बासिन्दाले वाणिमा प्रहरी चौकी स्थापना गर्न माग गरेका छन् । उनीहरुले सो क्षेत्रको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै वाणिमा प्रहरी चौकी स्थापना गर्न नायव प्रहरी महानिरिक्षक जयबहादुर चन्दसमक्ष माग गरेका हुन् । डिआइजी चन्दसमक्ष स्थानीय बासिन्दाले प्रहरी...

चमत्कारिक वा जादुगरी ढङ्गले संविधान जारी हुन्छः मन्त्री थापा

२०७१ पुष ८ गते ७:०३

सर्लाही, ८ पुस–वाणिज्य तथा आपूर्ति मन्त्री सुनिल थापाले अन्तिम समयमा चमत्कारिक वा जादुगरी ढङ्गले निर्णय हुने परम्परा भएकाले नयाँ संविधान पनि माघ ८ गते नै जारी हुने विश्वास व्यक्त गरेका छन् । सर्लाहीको हरिवनमा पत्रकारसँग कुरा गर्दै मन्त्री थापाले सरकार संविधान निर्माणका लागि वातावरण...

पत्रकार महासंघद्वारा संविधानसभा अगाडि धर्ना

२०७१ पुष ८ गते ५:५२

काठमाण्डु, ८ पुस– नेपाल पत्रकार महासंघले तोकिएकै समयमा संविधान जारी गर्न दलहरुको ध्यानाकर्षण गराउन संविधानसभा अवन नयाँबानेश्वर अगाडि धर्ना दिएको छ । महासंघको संयोजन र शान्ति र संविधानका लागि पेशागत सञ्जाल ‘पापड’ को आयोजनामा भएको कार्यक्रममा पत्रकारसहित विभिन्न पेशा र व्यवसायमा संलग्न नागरिकहरुको सहभागिता...

तनहुँमा बेपत्ता दुई मृत फेला

२०७१ पुष ८ गते ५:५२

तनहुँ, ८ पुस–वैदी गाविसमा धान कुट्ने मिल बनाउन गएका तीनजनामध्ये सेतीमादीमा खसेर बेपत्ता भएका दुईजना मृत अवस्थामा फेला परेका छन् । मिल बनाउन सोमबार दिउँसो तीनजना गएको र साँझ फर्कने क्रममा दुईजना काँहुशिवपुर र वैदी गाविसको बीचमा पर्ने झोलुङ्गे पुल नजिक करिब २० मिटर...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us