सबै धर्मलाई सम्मान गर्दै सनातन हिन्दूराष्ट्र कायम गर्नुपर्छ : कमल थापा

काठमाण्डु टुडे २०७१ पुष ८ गते १०:१२ मा प्रकाशित

रौतहट, ८ पुस– राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले संविधान निर्माणको प्रक्रियामा संविधानसभाभित्र र बाहिर रहेका शक्तिलाई समेटेर मात्र जनताले खोजेको संविधान बन्न सक्ने बताएका छन् । रौतहटको चन्द्रनिगाहपुरमा आज आयोजित पत्रकार सम्मेलनमा उनले निषेधको राजनीतिले संविधान बनाउन खोजिए दुर्भाग्य हुने बताए ।

Kamal-Thapa

पत्रकारले सोधेको जिज्ञासाको जवाफ दिँदै  थापाले नयाँ बन्ने संविधानमा सबै धर्मलाई सम्मान गर्दै नेपाललाई सनातन हिन्दूराष्ट्र कायम गर्ने माग आफ्नो पार्टीको रहेको बताए । उनले संविधान निर्माणको काम निर्धारित समयमै गर्नुपर्ने आफ्नो पार्टीको मागसमेत रहेको भन्दै सहमतिबाट नभए जनमत संग्रहबाट भए पनि संविधान निर्माण गरिनुपर्ने बताए ।

उनले एनेकपा–माओवादीले आफ्नो एजेन्डालाई स्थापना गर्न खोजेको हो भने आन्दोलनमा होइन जनमत संग्रहमार्फत जान आफूले सल्लाह दिएको समेत जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us