पत्रकार महासंघद्वारा संविधानसभा अगाडि धर्ना

काठमाण्डु टुडे २०७१ पुष ८ गते ५:५२ मा प्रकाशित

_MG_3365काठमाण्डु, ८ पुस– नेपाल पत्रकार महासंघले तोकिएकै समयमा संविधान जारी गर्न दलहरुको ध्यानाकर्षण गराउन संविधानसभा अवन नयाँबानेश्वर अगाडि धर्ना दिएको छ ।
महासंघको संयोजन र शान्ति र संविधानका लागि पेशागत सञ्जाल ‘पापड’ को आयोजनामा भएको कार्यक्रममा पत्रकारसहित विभिन्न पेशा र व्यवसायमा संलग्न नागरिकहरुको सहभागिता थियो ।

धर्नाका सहभागीले ‘नेपाली जनतासँग गरेको बाचा नतोडौं, २०७१ माघ ८ गते संविधान जारी गरौं’ भन्ने नारा लेखिएको व्यानर र प्लेकार्ड बोकेका थिए ।

नेपाल पत्रकार महासंघका महासचिव उजिर मगरले दलहरु आफैंले संविधान जारी गर्न तोकेको समयसीमा माघ ८ गते आउन एक महिना मात्र बाँकी रहेको सन्देश दिन धर्ना आयोजना गरिएको जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us