केपी ओलीले मधेसी नेतालाई बालकोटमा भोज खुवाएकामा प्रचण्ड ससंकित

काठमाण्डु टुडे २०७१ पुष ८ गते ८:०१ मा प्रकाशित

oli-madhesiकाठमाण्डु, ८ पुस– एकीकृत माओवादीले संविधानका विवादमा छलफल गर्न प्रधानमन्त्री सुशील कोइरालाको आह्वानमा मंगलबार बस्ने भनिएको प्रमुख तीन दलका शीर्ष नेताको बैठक पनि बहिस्कार गरेको छ ।

मधेस केन्द्रित दललाई आफूहरुबाट अलग्याउन खोजेको भन्दै माओवादीले बिहान बैठक बहिस्कार गरेको हो । काँग्रेस–एमालेले सोमबार एमाओवादी र मधेसी मोर्चासँग छुट्टाछुट्टै छलफल गर्ने निर्णय गरेअनुसार प्रधामन्त्री कोइरालाले बिहान नौ बजे तीन दल बैठक बोलाएका थिए ।

चार पक्षको उपस्थितिबिना बस्ने बैठक अर्थपूर्ण नहुने बताएर आफूहरु बालुवाटारबाट निस्केको एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार मधेसी मोर्चासमेतको उपस्थितिमा आजै साँझ बालुवाटारमा चार पक्षको बैठक बस्ने तय भएको छ । एमाले अध्यक्ष केपी ओलीले मधेसी नेतार्ला बालकोटस्थित निवासमा भोज खुवाएर सरकारमा आउन आग्रह गरेपछि एमाओवादी गठबन्धनमा फुट ल्याउन खोजेको भन्दै ससंकित भएको हो ।

यसअघि शनिबार बसेको बैठकमा एमाले अध्यक्ष केपी ओलीले सुण्डमुण्ड जम्मा गरेर मोर्चाबन्दी गरेको भन्दै सहमति गर्ने भए मोर्चा विघटन गर्नर्ुपर्ने अभिव्यक्ति दिएपछि प्रचण्डसहित एमाओवादी नेताले रिसाएर बालुवाटार छाडेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us