समाचार

ओली नगएपछि कालो चिया खाएर बालुवाटारबाट हिंडे प्रमुख दलका नेता

२०७१ पुष ८ गते १४:३७

काठमाण्डु, ८ पुस– एमाले अध्यक्ष केपी ओलो नगएपछि मंगलबार बस्ने भनिएको प्रमुख तीन दलसहित मधेसी मोर्चाका शीर्ष नेताको बैठक औपचारिकतामा प्रवेशै नगरी स्थगित भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भनिएको बैठक ओलीको अनुस्थितिका कारण नबसेको हो । निर्धारित समय चार बजेअघि नै...

आङकाजीले बाहुनहरुको नाक नकाट्ने, बरु मुक्ति दिलाउने

२०७१ पुष ८ गते १४:२४

तनहुँ, ८ पुस– संघीय समाजवादी पार्टीका स्थायी समिति सदस्य आङकाजी शेर्पाले आफूहरुले बाहुन–क्षेत्री समुदायको हितमा जातीय संघीयताको वकालत गरेको दाबी गरेका छन् । आदिवासी जनजाति महासंघका पूर्वमहासचिवसमेत रहेका शेर्पाले महासंघले तनहुँको दमौलीमा गरेको कार्यक्रममा यस्तो दाबी गरेका हुन् । शेर्पाले आफूहरुले भन्ने गरेको जातीय...

ओली भन्छन्, ‘म सिपाही हुँ, राजा त प्रचण्ड बन्न खोजे’

२०७१ पुष ८ गते १४:१०

काठमाण्डु, ८ पुस– एमाले अध्यक्ष केपी शर्मा ओलीले गणितबाट संविधान बनाए रक्तपात गर्ने एमाओवादी धम्कीबाट नडराउने बताएका छन् । प्रेस चौतरीले राजधानीमा मंगलबार गरेको कार्यक्रममा ओलीले सहमति नभए प्रक्रियाबाटै भए पनि माघ ८ मा संविधान जारी गरेरै छाड्ने बताए । ओलीले माओवादीले रक्तपात मच्चाउन...

नेपालका ७० लाख युवा विदेशमा

२०७१ पुष ८ गते १३:०५

काठमण्डु, ८ पुस–राष्ट्रिय जनगणना २०६८ को समग्र तथ्याङ्क विश्लेषण गरिएको जनसङ्ख्या विस्तृत विवरण नेपाल २०१४ मंगलबार सार्वजनिक गरिएको छ । विवरणले नेपालका ७० लाख युवा विदेशमा रहेको तथांक सार्वजनिक गरेको छ । आयोगका सदस्य भातेन्द्र मिश्रले सरकारी तथ्याङ्कअनुसार करिब ७० लाख युवा विदेशमा रहेको...

वैद्य र विप्लवका विद्यार्थीबीच नामको झगडा

२०७१ पुष ८ गते १२:४९

काठमाण्डु, ८ पुस– माउ पार्टी विभाजन भए पनि मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीका विद्यार्थी संगठनले भने नाम फेरेका छैनन् । बरु नामकै विषयलाई लिएर मंगलबार चितवनमा यी दुई संगठनबीच विवाद भएको छ । सप्तगण्डकी क्याम्पस चितवनमा बसेको आन्दोलनरत संयुक्त...

गाडी भाडा घटाउन भएको वार्ता असफल

२०७१ पुष ८ गते १२:३९

काठमाण्डु, ८ पुस– सरकार र आन्दोलनरत विद्यार्थीबीचको वार्ता असफल भएको छ । पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय मूल्य बमोजिम नेपाली बजारमा मूल्य समायोजन हुनुपर्ने र सार्वजनिक यातायातमा भाडा घटाउनुपर्ने भन्दै आन्दोलनरत संयुक्त विद्यार्थीबीच आज साँझ भएको वार्ता बिना निष्कर्ष टुंगिएको हो । यातायात व्यवस्था मन्त्री विमलेन्द्र...

विश्वमा वर्षभरि ६० पत्रकारको हत्या

२०७१ पुष ८ गते ११:३२

न्युयोर्क, ८ पुस– विश्वमा यो वर्षभरि कम्तीमा ६० जना पत्रकारको हत्या भएको पत्रकारिता सम्बन्धी एक विश्व संस्थाले सार्वजनिक गरेको छ । कमिटी टु प्रोटेक्ट जर्नालिष्टले दिएको जानकारीअनुसार सन् २०१४ मा मारिएका पत्रकारमध्ये हालैमात्र अस्तित्वमा आएको एक अतिवादी संस्था इस्लामिक स्टेट्स (आईएस) को बढी संलग्नता...

पहिचान खोज्दै मिस राई हुने

२०७१ पुष ८ गते ११:२६

काठमाण्डु, ८ पुस– किरात राई मौलिक कला संस्कृति केन्द्रले तेस्रो संस्करणअन्तर्गत मिस राई २०१५ गर्दैछ । उसले किराती नयाँ वर्ष यलेदोङ ५०७५ को अवसर पारेर आगामी माघ १५ मा मिस राई गर्न लागेको हो । किराती पहिचान पहिल्याउँदै गर्न लागिएको मिस राई २०१५ मा...

लुम्बिनीमा नेपाली पर्यटक बढे

२०७१ पुष ८ गते ११:२२

रुपन्देही, ८ पुस– गौतम बुद्धको जन्मस्थल जाने नेपाली पर्यटहरुको संख्या बढेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र लुुम्बिनीको प्रचारप्रसारले व्यापकता पाएसँगै लुम्बिनी आउने आन्तरिक पर्यटकको सङ्ख्यामा व्यापक वृद्धि भएको हो । पछिल्लो समय लुम्बिनीमा बाह्य पर्यटकभन्दा आन्तरिक पर्यटक बढी मात्रामा...

संविधान ल्याउन माग गर्दै विद्यार्थीले निकाले निन्द्रा जुलुस

२०७१ पुष ८ गते १०:४८

काठमाण्डु, ८ पुस–तोकिएको समयमा संविधान ल्याउन माग गर्दै मंगलबार संयुक्त विद्यार्थी आन्दोलनका क्रममा निन्द्रा जुलुस प्रदर्शन गरिएको छ । विद्यार्थीले एक देखि ६ सय एक नम्बरसम्मको लोगो लगाई सडकमा सुतेर सभासद्लाई गम्भीर बन्न साङ्केतिक विरोध गरेका थिए । जुलुस माइतीघरदेखि नयाँ बानेश्वरसम्म गरिएको थियो...

बसबाट ओँर्लदा लडेर हरिनारायणको मृत्यु

२०७१ पुष ८ गते १०:३४

सिरहा, ८ पुस–पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको धनगढीमा मंगलबार बसबाट ओर्लिंदा लडेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा फुलकहाकट्टी गाविस ७ का अन्दाजी २५ वर्षीय हरिनारायण कामैत रहेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक वासुदेव यादवका अनुसार ना४ख ९५०८ नम्बरको यात्रुबाहक...

सभासद्हरु नै अन्योलमा ! कसरी बन्ला एक महिनामा संविधान ?

२०७१ पुष ८ गते १०:३४

काठमाण्डु, ८ पुस– अबको एक महिनाभित्र संविधान बन्छ भन्नेमा सभासद्हरू स्वयं अन्योलमा देखिएका छन् । दलहरूबीच सहमति वा प्रक्रिया कुन बाटोबाट जाने भन्नेमा निक्र्योल नहुँदा संविधानसभाका बैठकमा संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिको प्रतिवेदन, २०७१ माथिको छलफल औपचारिकतामा सीमित भएको छ । संविधानसभाको आजको बैठकमा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us