वैद्य र विप्लवका विद्यार्थीबीच नामको झगडा

काठमाण्डु टुडे २०७१ पुष ८ गते १२:४९ मा प्रकाशित

काठमाण्डु, ८ पुस– माउ पार्टी विभाजन भए पनि मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीका विद्यार्थी संगठनले भने नाम फेरेका छैनन् । बरु नामकै विषयलाई लिएर मंगलबार चितवनमा यी दुई संगठनबीच विवाद भएको छ ।

akhil-krantikari-flag1_20130519042531
सप्तगण्डकी क्याम्पस चितवनमा बसेको आन्दोलनरत संयुक्त विद्यार्थीहरुको बैठकको विज्ञप्ती तयार गर्दा चन्द निकट संगठनले आफूहरुको नाम अगाडि लेख्नुपर्ने भनेपछि विवाद भएको हो ।
वैद्य निकटको विद्यार्थी संगठनका जिल्ला अध्यक्ष प्रकाश कँडेलले आफूहरु ठूलो संगठन भएकाले आफ्नो संगठनको नाम अगाडि लेख्नुपर्ने भनेका थिए भने चन्द निकट संगठनका जिल्ला अध्यक्ष शरद भण्डारीले त्यसमा आपत्ति जनाएका थिए ।
चन्द निकट पार्टीका जिल्ला प्रमुख गुणराज लोहनीले पनि विद्यार्थीकै बैठकमा गएर आफूहरुकै संगठनको नाम अगाडि लेख्न आग्रह गरेको बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us