धनगढी, ९ पुस–नेकपा एमाले कैलालीकी नेत्री रमा चन्दको निधन भएको छ । लामो समयदेखि पाठेघरको समस्याले थलिएकी चन्दको पाठेघर क्यान्सरका कारण मृत्यु भएको हो । विसं २०३६ मा जन्मेकी चन्दले २०५७ सालमा एमाले पार्टीको सक्रिय सदस्य लिएकी थिइन् । उनी अखिल नेपाल महिला सङ्घकी...
कैलाली, ९ पुस–कैलालीमा स्थानीयस्तरमा रोजगारी सिर्जना र खेर जाने प्रजाति वनमाराको पुनःप्रयोग गर्न चारकोल (जैविक कोइला) उत्पादन गरिन थालेको छ । जिल्लाका वनबेहडा, रतनपुर गाविस ६ र टीकापुरको जनशक्ति सामुदायिक वनबाट जैविक कोइला उत्पादन गरिन थालेको हो । बायोइनर्जी परियोजनाअन्तर्गत खेर जाने प्रजाति वनमाराबाट...
काठमाण्डु, ९ पुस– दोस्रो संविधानसभाको चुनावयता एमाओवादीमा देखिएको राजनीतिक अकर्मण्यताको असर त्यसका जनवर्गीय संगठनहरुमा पनि देखा परेको छ । राजनीतिक कार्यक्रमविहीन बनेका ती संगठनहरु आफूलाई सक्रिय देखाउन कर्मकाण्डमा दिन बिताउँदै छन् । पार्टीमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र डा. बाबुराम भट्टराईको दुई भिन्न वैचारिक समूह...
जाजरकोट, ९ पुस– जाजरकोटका पहिरोबाट घरजग्गाविहीन बनेका परिवार चार महिनादेखि पालमा कष्टकर जीवन बिताउन बाध्य भएका छन् । जिल्लाको रामीडाँडा गाविसमा गत साउन २८ गते बिहान आएको पहिरोले यहाँका केही घर आँशिकरुपमा भत्किएका थिए भने केही घर पूर्णरुपमा क्षतिग्रस्त भएका थिए । पूर्णरुपमा घर...
म्याग्दी, ९ पुस–म्याग्दी जिल्लाका दुई दर्जनभन्दा बढी दुर्गमका गाउँमा खानेपानीको चरम अभाव भएको छ । जिल्लाका भकिम्ली, अर्मन, वरङ्जा, रुम, ओखरबोट, मुदीलगायतका गाविसका दर्जनौँ गाउँका सयौँ बासिन्दा खानेपानीको जोहोका लागि घन्टौँ लगाएर कुवा वा खोलामा धाउनुपर्ने बाध्यतामा छन् । ती गाउँमा भएका पानीका स्रोत...
कञ्चनपुर, ९ पुस–जन्मजात दृष्टीविहीन रहेका दाङ जिल्लाका उच्च शिक्षा अध्ययन गर्दै आएका विद्यार्थी क्याम्पस शुल्कको व्यवस्था गर्न साङ्गीतिक कार्यक्रम गरी रकम जुटाउने कार्यमा अग्रसर भएका छन् । उनीहरु बजार क्षेत्रको चोकमा उभिई आधुनिक र लोकगीत गाएर क्याम्पसको शुल्क तिर्न पैसा जुटाउने कार्य गर्न थालेका...
पाल्पा, ९ पुस– नेकपा–माओवादी तानसेन नगर इन्चार्ज, जिल्ला सदस्य तथा मगर राष्ट्रिय मुक्ति मोर्चा नेपाल पाल्पाका कार्यबाहक अध्यक्ष दलबहादुर रानाले पदबाट राजीनामा दिएका छन् । जिल्ला पार्टीका केही जिम्मेवार व्यक्तिबाट आर्थिक अपारदर्शीता, पार्टी सञ्चालनको विधि अपारदर्शी, नियति पुरानैखाले ‘दम्भ’को परिपाटीको थालनी सुरु भएको भन्दै...
वीरगन्ज, ९ पुस–खाद्य सुरक्षाको दृष्टिकोणले नेपाल विश्वका ७८ मुलुकमध्ये ४९ औँ नम्बरमा रहेको छ । नेपालका मध्य तथा सुदूरपश्चिमी हिमाली जिल्ला खाद्य सुरक्षाको दृष्टिकोणले सबैभन्दा बढी खतरामा रहेका छन् । अहिले पनि ४० प्रतिशत नेपालीले न्यूनतम् क्यालोरी (दुई हजार एक सय ४६ क्यालोरी प्रतिदिन...
सिरहा, ९ पुस–सिरहाको नवघोषित नगरपालिका मिर्चैयामा अपराध रोक्न सिसी क्यामेरा जडान गर्ने निर्णय भएको छ । दिनहुँजसो आपराधिक घटना घट्ने मिर्चैया नगरपालिकामा शान्ति सुरक्षा चुस्त दुरुस्त बनाउन क्यामेरा जडान गर्ने निर्णय भएको हो । इलाका प्रहरी कार्यालय मिर्चैयाको पहलमा भएको सर्वपक्षीय बैठकमा सिसी क्यामेरा...
बागलुङ, ९ पुस–जिल्लालाई सन् २०१७ सम्ममा घरभित्रको उज्यालो जिल्ला बनाउने तयारीअन्र्तगत लघु जलविद्युत आयोजना निर्माण हुने क्रम तीव्र बनेको छ । जिल्ला ऊर्जा तथा वातावरण शाखा र धौलागिरि सामुदायिक स्रोत विकास केन्द्रले समुदायको सहभागितामा लघु जलविद्युत आयोजना निर्माण गरिरहेको छ । राष्ट्रिय प्रसारण लाइनबाट...
मोरङ, ९ पुस–मोरङको इटहरामा स्कुल बसको ठक्करबाट मंगलबार बिहान एकजनाको मृत्यु भएको छ । दुर्घटनामा इटहरा ३ का ५५ वर्षीया मिश्रादेवी घिमिरेको मृत्यु भएको हो । हुलाकी राजमार्गअन्तर्गत इटहरा ३ मा न्यु भिजन इन्टरनेसनल इङ्लिस बोर्डिङ स्कुल, उर्लाबारीको ना४ख २२४१ नम्बरको स्कुल बसले उजलार्ई...
काठमाण्डु, ९ पुस -सार्वजनिक यातायातका साधनको यात्रु भाडा दर घटाउने सरकारको निर्णय मंगलबारदेखि लागू भएको छ । सरकारको भाडाँ निर्णय लागु भएसंगै यसको विरोधमा रहेका विधार्थी संगठन भने बिरोधमा उत्रने भएका छन् । १३ विधार्थी संगठनको संयुक्त बैठकबसी बिरोधका कार्यक्रम सार्वजनिक गरिने अखिल क्रान्तिकारिका...