भरतपर, १६ कात्तिक– चितवन–४ मा काँग्रेस सभापति सुशील कोइरालाविरुद्ध बागी दिएका विकास कोइरालाले संविधानसभा निर्वाचनमा आफू विजयी हुने दाबी गरेका छन् । काठमाण्डु टुडेका विशेष प्रतिनिधिसँग चितवन भरतपुरको मालपोतचोकस्थित आफ्नै निवासमा शनिबार कुरा गर्दै उनले आफूले ५ हजारभन्दा बढी मतअन्तरले जित्ने दाबी गरे ।...
रौतहट, १६ कात्तिक– रौतहटमा संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी दिएका एक जनाको शनिबार मृत्यु भएको छ । भ्रष्टाचार आरोपमा जेलमा रहेका श्यामसुन्दर गुप्ता नेतृत्वको नेपाल सद्भावना पार्टी युनाइटेड रौतहट–२ का उम्मेदवार शेख इसराजुलको मृत्यु भएको हो । उनी इसराजुल पिप्रा भगवानापुर–७ का स्थायी बासिन्दा बासिन्दा...
जाजरकोट, १६ कात्तिक–डाँडागाउँ गाविसमा चुनाव प्रचारप्रसारका लागि टाँसिएका पर्चा, पम्प्लेट हटाउँदै हिँडेका नेकपा–माओवादीका कार्यकर्तालाई एकीकृत नेकपा(माओवादी)का कार्यकर्ताले लखेटेका छन् । स्थानीय शान्ति समिति जाजरकोटका संयोजक तथा माओवादीका प्रताप जैसीको संयोजकत्वको टोलीलाई एमाओवादीका जिल्ला सहसंयोजक विजय रावलको नेतृत्वको टोलीले लखेटेको एमाओवादीका कार्यकर्ता हिमाल हमालले बताए...
दाङ, १६ कात्तिक–अज्ञात समूहले दाङमा भारतीय ट्रकमा आगजनी गरेको छ । घोराही–लमही सडक खण्डको लक्ष्मीपुर–१ मसोट खोला नजिकै रहेको सोनापुर सिमेन्ट उद्योगको सामान लोड गरिएको यूपी २७ टी २९७१ नम्बरको ट्रकमा शुक्रबार राति आगजनी भएको दाङ प्रहरीले जनाएको छ । आगजनीबाट ट्रक जलेर पूरै...
भक्तपुर, १६ कात्तिक–भग्नावशेषमा परिणत भएको ऐतिहासिक रानीकोट दरबारको संरक्षण नभएपछि अतिक्रमण तथा वन फँडानीको चपेटामा परेको छ । भक्तपुरका गुन्डु गाविस –३ र सिपाडोल –४ तथा काभ्रेपलाञ्चोकको ¥याले गाविस वडा नं ५ को सङ्गस्थलमा रहेको सो दरबार क्षेत्रमा ¥याले गाविस र सिपाडोल गाविस– ४...
सोलुखुम्बु, १६ कात्तिक–यहाँको प्रहरीसँग सुरक्षाका लागि खट्न सवारी साधनको नाममा साइकलसमेत छैन । पाँच वर्ष अगाडि नै जिल्ला सदरमुकाममा सडक यातायात जोडिएको र ३४ मध्ये करिब आधाजसो गाविसमा सडकको ट्र्याक खोलिएको भए पनि प्रहरीसँग सवारी साधनको नाममा जिप वा मोटरसाइकलको त कुरै छाडौँ साइकलसमेत...
काठमाण्डु १६ कात्तिक–सुरक्षा परिषदले सबैलाई मान्य हुने समाधानपछि निर्वाचन गराउन सरकारलाई सुझाव दिएको छ । निर्वाचन पूर्व नै नेकपा–माओवादीसहित बहिस्कार अभियान सञ्चालन गरिरहेका राजनीतिक दलसँग सहमति गर्न नसके मुलुक द्धन्द्धमा जाने बिश्लेषण सहितको प्रतिवेदन सुरक्षा परिषदले मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीलाई कात्तिक १३ गते बुझाएको...
काठमाण्डु, १६ कात्तिक–राष्ट्रिय अपाङ्ग महासङ्घले अर्काे संविधानसभा सदस्य निर्वाचनमा १७ जिल्लामा अनुगमन गर्ने भएको छ । अपाङ्गता भएका व्यक्तिका लागि निर्वाचन आयोगले अपाङ्गमैत्री मतदान केन्द्रको स्थापना गरेसँगै अपाङ्गता भएका व्यक्तिलाई कत्तिको सहज हुनेछ भनेर अनुगमन गरिन लागेको महासङ्घका महासचिव टीका दाहालले जानकारी दिए ।...
झापा, १६ कात्तिक-अघिल्लोको तुलनामा अर्काे संविधानसभा सदस्यको चुनावमा जनउत्साह न्यून भएको यहाँका पत्रकारले बताएका छन् । बिर्तामोडबाट प्रकाशन हुने ‘पूर्वाञ्चल’ दैनिकका प्रधानसम्पादक मदन ढकालले यसपालिको चुनावमा राजनीतिक दलका नेता र कार्यकर्ता मात्र तातिएको प्रतिक्रिया दिए । चुनावमा मत माग्न उम्मेदवारसँग दलका नेता तथा कार्यकर्ताको...
काठमाण्डु, १६ कात्तिक–आज कुकुर तिहार । सबैै नेपालीका घर आगनमा कुकुरलाई टीका तथा माला लगाइदिएर मीठा मीठा खानेकुरा खान दिई पूजा गरिन्छ । आजका दिन कुकुरको पूजा नगरी खाना खाएमा पापी भइन्छ भन्ने भनाइ छ । प्रत्येक वर्षको कृष्ण चतुर्दशी दिन कुकुरको पूजा गरिन्छ...
पोखरा,कात्तिक –एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले कांग्रेस, एमाले र नेकपा–माओवादी मिलेर मंसिर ४ गतेका लागि घोषित संबिधानसभा निर्वाचन बिथोल्न खोजेको आरोप लगाएका छन । चुनावी अभियानका लागि मुलुकका बिभिन्न जिल्ला पुगेका प्रचण्डले गोरखा पुगेर त्यस्तो आरोप लगाएका हुन । एमाओवादी गोरखाले शुक्रवार आयोजना गरेको चुनाबी...
म्याग्दी, १५ कात्तिक– एमाओवादीका केन्द्रीय सदस्य लोकेन्द्र विष्ट मगरले दशवर्ष जसलाई प्रधान दुश्मन मानेर लडियो आज उनिहरुलाई नै राष्ट्रवादी देख्नु रतन्धोको संकेत भएको बताएका छन् । शुक्रवार म्याग्दीको अर्थुँगे गाविसमा भएको जनसभालाई सम्बोधन गर्ने क्रममा वैद्य माओवादी तिर संकेत गर्दै उनीहरुलाई रतन्धो भएका विष्टले...