मानव अधिकार उल्लंघनका घटनामा वृद्धि

काठमाण्डु टुडे २०७१ पुष १० गते २:५७ मा प्रकाशित

सोलुखुम्बु, १० पुस– सन् २०१४ मा सोलुखुम्बुमा १ सय ३५ वटा मानव अधिकार उल्लंघनका घटना घटेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले गरेको वार्षिक समीक्षाका क्रममा सो जानकारी गराइएको हो । यो संख्या गत वर्षको भन्दा २८ वटा बढी हो ।

इन्सेकका सोलुखुम्बु प्रतिनिधि पासाङ बम्जनले सार्वजनिक गरेकोे प्रतिवेदनअनुसार सन् २०१४ मा जिल्लामा हत्या ५, कुटपिट १ सय १, ज्यान मार्ने धम्की १०, बहुविवाह ३, मानसिक यातना ५, बलात्कार ८ र बलात्कार प्रयासका घटना २ वटा रहेका छन् ।

नेपाल पत्रकार महासंघ सोलुखुम्बुका अध्यक्ष मनोजकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी झम्कनाथ ढकालले इन्सेकले प्रहरी तथा अन्य माध्ययमबाट आएका तथ्यांक जस्ताको त्यस्तै राख्नुभन्दा आफ्नो तर्फबाट पनि अनुसन्धान गर्नुपर्ने सुझाव दिएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us