चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा खत्री नियुक्त

काठमाण्डु टुडे २०८३ असार २३ गते १३:०४ मा प्रकाशित

काठमाण्डू, २३ असार– सरकारले चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. देवेन्द्र खत्रीलाई नियुक्त गरेको छ । प्रधानमन्त्री तथा आयोगका अध्यक्ष बालेन शाहले डा खत्रीलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेका हुन् ।

नवनियुक्त उपाध्यक्ष खत्रीलाई आज मन्त्रालयमा शिक्षा तथा खेलकुदमन्त्री तथा आयोगका सहअध्यक्ष सस्मित पोखरेलले नियुक्तिपत्र प्रदान गरे ।

यसअघि आयोगमा उपाध्यक्ष पद रिक्त रहेकाले अर्को व्यवस्था नभएसम्म आयोगका पूर्व उपाध्यक्ष श्रीकृष्ण गिरीलाई कार्यवाहक उपाध्यक्षको जिम्मेवारी दिइएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us