बैंककमा नेपाली विद्यार्थी अपहरणमा माओवादी नेताको संलग्नता

काठमाण्डु टुडे २०७१ पुष ९ गते १५:२८ मा प्रकाशित

srijan yadavकाठमाण्डु, ९ पुस– मातृका यादव नेतृत्वको नेकपा (माओवादी) का वैकल्पिक केन्द्रीय सदस्य सृजन यादवको थाइल्यान्डमा भएको नेपाली विदार्थीहरुको अपहरणमा संलग्ननता रहेको खुलासा भएको छ ।

यादव मातृकाका विश्वास पात्र थिए । दलीय बैठकहरुमा उक्त पार्टीका तर्फबाट उनी प्रतिनिधिका रुपमा जाने गरेका थिए । अपहरण काण्डको अनुसन्धानका क्रममा प्रहरीले घटनामा यादवको संलग्नता खुलेको जनाएको छ ।

प्रहरी श्रोतका अनुसार उनले थाइल्याण्डमा अपहरणमा परेका विद्यार्थीको रिहाइका लागि अपहरणकारीले मागेको फिरौतीबापतको रकम संकलन गरेका थिए । अपहरणकारीले अपहृत विद्यार्थीबाट जनही एक करोड फिरौती मागेका थिए ।

सर्लाही छतौनाका स्थायी बासिन्दा यादवलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बुधबार काठमाण्डुको खड्ग भद्रकालीबाट पक्राउ गरेको हो ।

अपहरणमा संलग्न पाकिस्तानी मुलका थार्इ नागरिक औकास रहमान र पाकिस्तानी मुलका मोहम्मद जलिरलाई थाई र नेपाल प्रहरीको संयुक्त टोलीले बैंककबाट पक्राउ गरेको छ । अपहरणमा संलग्न अरु ७ जना फरार छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us