समाचार

प्रचण्ड, सुशील र केपी ओलीको नांगो फोटो फेसबुकमा राखेर पिके हेरे बाबुरामले

२०७१ पुष ९ गते १४:२५

काठमाण्डु, ९ पुस– एकीकृत माओवादी नेता बाबुराम भट्टराईले आमिर खान अभिनित चलचित्र पीके हेरका छन् । भट्टराईले केही सहयोगीका साथ काठमाण्डुको कमलपोखरीस्थित बिग सिनेमामा पिके हेरेका हुन् । त्यसअघि भट्टराईले आमिर खानले पिकेमा गरेजस्तै आफ्नै पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रधानमन्त्री सुशील कोइराला र...

भ्रष्टाचारको समाचार लेख्ने पत्रकारलाई कर्मचारीले गरे रामधुलाई

२०७१ पुष ९ गते १३:४५

विराटनगर, ९ पुस– विराटनगरका पत्रकार ब्रम्हदेव यादवलाई बन्धक बनाएर कुटपिट गरिएको छ । सुनसरी–मोरङ सिञ्चाई आयोजनाका कर्मचारीले पत्रकार यादवलाई बुधबार दुई घण्टा नियन्त्रणमा लिएर निर्धात कुटपिट गरेका हुन् । कुटपिटबाट गम्भीर घाइते उनको कोशी अञ्चल अस्पतालमा उपचार भइरहेको छ । यादवको टाउको र अनुशारसहित...

किन एक अर्ब चन्दा उठाउन खोज्दैछन् विप्लव ? (चन्दा पत्रसहित)

२०७१ पुष ९ गते १३:२७

काठमाण्डु, ९ पुस– मोहन वैद्यसँग सम्बन्ध विच्छेद गरी नेत्रविक्रम चन्द ‘विप्लव’ को नेतृत्वमा गठन भएको नवठित नेकपा माओवादीले चन्दा अभियान सुरु गरेको छ । उक्त पार्टीले ‘क्रान्तिका लागि’ भन्दै देशभर चन्द संकलन अभियान थालेको हो । माओवादी कार्यकर्ताले राजधानीसहित देशैभर उद्योगी–व्यवसायीलाई चन्दा लिन आग्रह...

खानीको उत्खननलाई प्रभावकारीरुपमा अघि बढाउन निर्देशन

२०७१ पुष ९ गते १३:०२

काठमाण्डु, ९ पुस–पेट्रोलियम पदार्थ, धातुजन्य र पत्थरजन्य खानीका प्रशस्त सम्भावना भएतापनि प्रभावकारी अध्ययन, अनुसन्धान र उत्खननसम्बन्धी कार्य हुन सकेको छैन । जसका कारण ठूलो रकम विदेशीएको भन्दै फलाम, तामा, स्टिल, चुनढुङ्गालगायत पत्थरको उत्खनन कार्य प्रभावकारी रुपले अघि बढाउन निर्देशन दिइएको छ । व्यवस्थापिका–संसद्, उद्योग,...

एमाले सर्लाहीमा दुई गुट भिड्दै

२०७१ पुष ९ गते १२:५६

सर्लाही, ९ पुस–नेकपा एमालेका  अध्यक्ष केपी ओलीसहित केन्द्रीय नेताले पार्टी एकताबद्ध भएको दाबी गरे पनि सर्लाही जिल्ला नेतृत्वका लागि भने नवौँ महाधिवेशनकै दुई गुटबीच प्रतिस्पर्धा हुने भएको छ । सर्लाही जिल्ला अधिवेशनअन्तर्गत बन्दसत्रको दोस्रो दिन बुधबार नेतृत्व चयनका लागि निर्वाचनको प्रक्रिया अगाडि बढाइएको छ...

केपी ओली होइन, प्रचण्ड राजाः पोखरेल

२०७१ पुष ९ गते १२:४९

काठमाण्डु, ९ पुस एमाले नेता शंकर पोखरेलले आफ्ना अध्यक्ष केपी ओलीमाथि राजा महाराजाको आरोप लगाउने एमाओवादी अध्यक्ष प्रचण्डले नै महाराजाजस्तो व्यवहार देखाएको आरोप लगाएका छन् । नेता पोखरेलले विधि र प्रक्रियाबाट एमाओवादी अध्यक्ष प्रचण्ड विचलित भएको भन्दै लोकतान्त्रिक मूल्य र मान्यता नमान्ने नै महाराजा...

आन्दोलन फिर्ता लिन सत्तापक्षको आग्रह

२०७१ पुष ९ गते १२:४७

काठमाडौं, ९ पुस– सत्तारुढ दल काँग्रेस,एमालेका नेताहरुले संविधानसभाभित्र र बाहिर रहेका ३० दलीय मोर्चाले घोषणा गरेको आन्दोलन तत्काल फिर्तालिन आग्रह गरेका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनीहरुले एमाओवादी मोर्चाले घोषणा गरेको आन्दोलनले मुलुकलाई सहमतिभन्दा पनि द्दन्द्ध र मुठभेठमा लैजाने...

नेपाली महिला पर्वतारोहण टोलीको विश्वकीर्तिमान

२०७१ पुष ९ गते १२:०१

काठमाण्डु, ९ पुस–पर्वतारोहणका क्षेत्रमा नेपाली महिला टोली विश्व कीर्तिमान स्थापना गर्न सफल भएको छ । विश्वका सातै वटा महादेशका सर्वोच्च हिमशिखर आरोहण गर्ने साहसिक अभियानमा रहेका नेपाली महिलाको समावेशी आरोहण टोलीले मङ्गलबार दिउँसो अन्टार्टिका महाद्वीपको सर्वोच्च शिखर भिन्सन म्यासिफको चुचुरो चुमेर नयाँ विश्व कीर्तिमान...

ओली राजाको नयाँ अवतारः प्रचण्ड

२०७१ पुष ९ गते ११:०४

काठमाण्डु, ९ पुस– एमाओवादीका अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओली राजाको नयाँ अवतारका रुपमा प्रकट भएको टिप्पणी गरेका छन् । एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले बुधबार सिंहदरवारमा गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले ओली राजाको नयाँ अवतारका रुपमा प्रकट भएकाले माघ ८ भित्र संविधान...

दुई जनाको मृत्यु, गाडी र चालक फरार, बाटो बन्द…

२०७१ पुष ९ गते १०:४२

झापा, ९ पुस–पूर्व–पश्चिम राजमार्गअन्र्तगत झापाको  तोपगाछी ७ मा मंगलबार भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएपछि उनीहरूका आफन्तले बुधबार बिहानबाट राजमार्ग अबरुद्ध पारेका छन् । मे४प ४६५५ नम्बरको मोटरसाइकलमा सवार झापा शिवगन्ज ५ का मोटरसाइकल चालक ३२ वर्षीय भानुभक्त आचार्य र सोही ठाउँका ३५ वर्षीय...

अढाई वर्षीया बालिकाले पाइन् नवजीवन

२०७१ पुष ९ गते १०:२५

काठमाण्डु, ९ पुस–दुवै मिर्गौलामा असामान्य पत्थरीका कारण मृत्युको मुखमा पुगेकी सिन्धुपाल्चोककी अढाई वर्षीया बालिका कुसुम तामाङले नयाँ जीवन पाएकी छिन् । उनका दुवै मिर्गौला सुन्निएर अत्यन्तै चिन्ताजनक र आपत्कालिन अवस्थामा पुगिसकेको भएता पनि सफल अपचारका कारण उनले नयाँ जीवन पाएकी हुन् । पुस ६...

जाडो छेक्ने कपडा नहुदा एकको मृत्यु

२०७१ पुष ९ गते १०:०९

रौतहट, ९ पुस–दुई दिनदेखि बढेको शीतलहरका कारण बुधबार रौतहटमा एकजनाको मृत्यु भएको छ । राति खाना खाएर सुतेका गम्हरिया बिर्ता २ का ४५ वर्षीय राजदेव पडितको जाडोले मृत्यु भएको परिवारले बताएका छन् । राति घरमा परालको ओछ्यान गरी पातलो च्यादर ओढेकाले मृत्यु भएको हुनसक्ने...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us