समाचार

चुनाव सार्ने कल्पनै नगरौँ: प्रचण्ड

२०७० साउन ३२ गते ७:२२

भैरहवा, ३२ साउन । एकीकृत नेकपा माओवादी अध्यक्ष प्रचण्डले मसिर ४ गतेका लागि घोषित सविधानसभा निर्वाचन सर्ने कुरा कल्पनासमेत गर्न नसक्ने बताएका छन् । क्रान्तिकारी पत्रकार संघ रुपन्देहीले भैरहवामा गरेको पत्रकार भेटमाटमा प्रचण्डले कुनै हालतमा निर्वाचन पछि नसर्ने बताए । तोकिएकै समयमा निर्वाचन हुनेमा...

‘नेपाल–भारत वीच साझेदारी धेरै क्षेत्रमा’

२०७० साउन ३२ गते ६:२३

काठमाण्डु ३२ साउन-नेपालका लागि भारतीय राजदूत जयन्त प्रसादले नेपाल र भारतका वीचमा धेरै क्षेत्रमा साझेदारी हुन सक्ने बताएका छन । गणतन्त्र भारतको ६७ औं स्वतन्त्रता दिवसका अवसरमा राजदूत प्रसादले नेपाललाई भगवान्को वरदान स्वरुप प्राप्त देशको संज्ञा दिए । नेपालको प्राकृतिक स्रोतको कुनै तुलना हुन...

समितिले राई र सरकारले वैद्यसँग वार्ता गर्ने

२०७० साउन ३२ गते ३:२५

काठमाडौँ, ३२ साउन । उच्चस्तरीय राजनीतिक समिति र सरकारले निर्वाचन प्रक्रियामा असहमत दलसँग आज निर्णायक वार्ता गर्दैछन् । समितिले अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टी र सरकारले मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी सम्वद्ध मोर्चासँग छुट्टाछुट्टै वार्ता गर्न लागेको हो । दिउँसो हुने वार्ता निर्णायक दाबी...

चार दल र उपेन्द्रको मोर्चाबीच ६ बुँदे सहमति

२०७० साउन ३२ गते ०:४८

काठमाण्डु, ३२ साउन– उच्चस्तरीय राजनीतिक समिति र उपेन्द्र यादव नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चाबीच ६ बुँदे सहमति भएको छ । सहमतिसँगै यादवको मधेसी जनअधिकार फोरम, नेपालसहित मोर्चा आवद्ध साना आठ दल पनि ४ मसिरको निर्वाचनमा सहभागी हुन राजी भएका छन् । बिहीबार राति अबेर सकिएको...

मतदाता नामावली संकलनको म्याद ७ दिन थप

२०७० साउन ३१ गते १४:२४

काठमाण्डू, ३१ साउन । निर्वाचन आयोगले फोटोसहितको मतदाता नामावलीमा नाम लेखाउन थप ७ दिने समय दिएको छ । मतदाता नामावलीमा नाम लेखाउने समय असार मसान्तमा सकिएको थियो । तर, निर्वाचन प्रक्रियामा असहमत दलको मागका आधारमा आयोगले एक साता म्याद थपेको हो । भदौ १...

महेश बस्नेतले मानेनन् झलनाथको निर्देशन

२०७० साउन ३१ गते १३:५६

काठमाण्डू, ३१ साउन । एमाले युवा संघको संस्थापन पक्षले पार्टी अध्यक्ष झलनाथ खनालको निर्देशनको अवज्ञा गरेको छ । पार्टी अध्यक्षको निर्देशनविपरीत युवा संघको महेश बस्नेत पक्षले मोरङमा भेला गरेको छ । आन्तरिक  विवाद बढ्दै गएपछि अध्यक्ष खनालले विज्ञप्ति जारी गरी कार्यक्रम रोक्न निर्देशन दिएका...

मरिचमानका आफन्तबाट आर्यघाटमै नाराबाजी

२०७० साउन ३१ गते १२:४५

काठमाण्डू, ३१ साउन । पूर्वप्रधानमन्त्री मरिचमानसिंह श्रेष्ठका आफन्त र समर्थकले सरकारले पूर्वप्रधानमन्त्रीको अपमान गरेको भन्दै आर्यघाटमै नाराबाजी गरेका छन् । सरकारले पूर्वप्रधानमन्त्रीलाई दाहसंस्कार गर्दा पाउनुपर्ने सम्मान नदिएको भन्दै उनीहरुले प्रहरीको सलामीसमेत अस्वीकार गरेका छन् । यसअघि बिहीबार बसेको मन्त्रिरषद् बैठकले प्रहरी निरीक्षक नेतृत्वको टोलीले...

सुरक्षाकर्मीको पहरामा रोगी कुखुरा मारिँदै

२०७० साउन ३१ गते ७:०१

भक्तपुर, ३१ साउन । भक्तपुरलाई बर्डफ्लु संकटग्रस्त क्षेत्र घोषणा गरेको सरकारले आजदेखि संक्रमित क्षेत्रमा कुखुरा मार्ने काम सुरु गरेको छ । बर्डफ्लु संक्रमण मानिसमा फैलन सक्ने सम्भावनालाई मध्यनजर गर्दै कुखुरा र कुखुराजन्य पदार्थ नष्ट गर्ने काम थालिएको पशु सेवा विभागले जनाएको छ ।  विभागका...

पूर्वप्रधानमन्त्री श्रेष्ठको निधन

२०७० साउन ३१ गते ४:४५

काठमाण्डु ३१ : नयाँ दिल्लीबाट स्वदेश फर्काइएको ४८ घण्टा भित्रै पूर्व प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठको बिहिवार बिहान ३ बजे थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको छ । जीवनका अन्तिम क्षण आफनै माटोमा बिताउने श्रेष्ठको चाहना पूरा गर्न परिवारका सदस्यहरुले मंगलवार राती एयर एम्बुलेन्सबाट काठमाण्डु ल्याएका थिए ।...

युवासंघ विवादमा एमाले नेता पनि बिभाजित

२०७० साउन ३१ गते ४:४३

काठमाण्डु ३१ साउन । भातृसंगठन युवा संघको विवादमा नेकपा एमालेका नेताहरु पनि बिभाजित भएका छन।अध्यक्ष महेश बस्नेत पक्षले मोरङको सुन्दरपुरस्थित गोठगाउँ र उपाध्यक्ष झपटबहादुर रावल पक्षले काठमाण्डुमा बिहिवार आयोजना गरेका प्रशिक्षण र भेलामा एमाले नेताहरु बिभाजित भइ सहभागी हुन लागेका हुन । अध्यक्ष झलनाथ...

सुशील पछि हट्दा भएन सहमति

२०७० साउन ३० गते १७:३८

काठमाण्डु ३० साउन : नेपाली काँग्रेसका सभापति सुशील कोइराला पूर्वसमझदारीबाट पछि हटेका कारण उपेन्द्र यादव नेतृत्वको मोर्चासँगको वार्ता विनानिष्कर्षमा टुंगिएको छ । यादव नेतृत्वको मोर्चासँग बुधवार नै सहमति गर्ने तयारीका साथ शुरु भएको वार्ता कोइरालाले समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतको प्रतिशत बढाउन नमानेपछि विना निष्कर्ष टुंगिएको हो...

काँग्रेस–एमालेले संघीयता बुझेनन्: भट्टराई

२०७० साउन ३० गते १०:१९

सुनसरी, ३० साउन । एकीकृत नेकपा माओवादीका नेता बाबुराम भट्टराईले काँग्रेस–एमालेले संघीया भन्ने विषय बुझ्न नसक्दा मुलुक संकटमा फसेको आरोप लगाएका छन् । क्रान्तिकारी पत्रकार संघ सुनसरीले बुधबार गरेको पत्रकार भेटघाटमा भट्टराईले काँग्रेस–एमालेले संघीयताको मर्म नबुझेका कारण मुलुक दलदलमा फसेको बताए । काँग्रेस–एमालेले पहिचानसहितको संघीयता...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us