केपी ओली होइन, प्रचण्ड राजाः पोखरेल

काठमाण्डु टुडे २०७१ पुष ९ गते १२:४९ मा प्रकाशित

काठमाण्डु, ९ पुस एमाले नेता शंकर पोखरेलले आफ्ना अध्यक्ष केपी ओलीमाथि राजा महाराजाको आरोप लगाउने एमाओवादी अध्यक्ष प्रचण्डले नै shankarमहाराजाजस्तो व्यवहार देखाएको आरोप लगाएका छन् ।

नेता पोखरेलले विधि र प्रक्रियाबाट एमाओवादी अध्यक्ष प्रचण्ड विचलित भएको भन्दै लोकतान्त्रिक मूल्य र मान्यता नमान्ने नै महाराजा हुने बताए ।

‘बैठकमा केही समय ढिला पुग्ने बित्तिकै विभिन्न टिकाटिप्पणी गर्ने तर बैठक छोडेर प्रक्रिया नमान्ने चाहिं के हो ?’ पोखरेलले भने, ‘सडकबाटै संविधान जारी गर्छु भन्नु नै महाराजा प्रवृत्ति हो । ’
काँग्रेस–एमालेले अघि सारेको प्रस्ताव दुई तिहाईको साझा प्रस्ताव भएको भन्दै उनले त्यसमै आधारित भएर ठोस अवधारणा अघि सार्नुपर्ने बताए ।

मोर्चाले सहमतिका लागि ठोस प्रस्ताव अघि नसारे संविधान बनाउने भन्दा पनि नबनाउनका लागि मोर्चा गठन भएको सावित हुने समेत नेता पोखरेलले आरोप लगाए ।
उनले मधेश र पहाड छुट्याउने मधेशवादी दलको अडान नेपाली मनसँग मेल नखाने भन्दै कुनै पनि हालतमा मधेश र पहाडलाई अलग गर्न नहुने धाराणा राखे ।

पोखरेलले संविधानका मूख्य विवादित विषयमा दलहरुले सहमति गर्नुपर्ने तर सहमति नभए प्रक्रियामा जानुको विकल्प नरहेको दोहोर्याए ।

ओली राजाको नयाँ अवतारः प्रचण्ड

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us