खानीको उत्खननलाई प्रभावकारीरुपमा अघि बढाउन निर्देशन

काठमाण्डु टुडे २०७१ पुष ९ गते १३:०२ मा प्रकाशित

काठमाण्डु, ९ पुस–पेट्रोलियम पदार्थ, धातुजन्य र पत्थरजन्य खानीका प्रशस्त सम्भावना भएतापनि प्रभावकारी अध्ययन, अनुसन्धान र उत्खननसम्बन्धी कार्य हुन सकेको छैन ।

जसका कारण ठूलो रकम विदेशीएको भन्दै फलाम, तामा, स्टिल, चुनढुङ्गालगायत पत्थरको उत्खनन कार्य प्रभावकारी रुपले अघि बढाउन निर्देशन दिइएको छ ।

व्यवस्थापिका–संसद्, उद्योग, वाणिज्य तथा उपभोक्ता हितसम्बन्ध समितिअन्तर्गत गठित उद्योगसम्बन्धी उपसमितिले मुलुकभरका खानी सम्बन्धमा भएको अध्ययन, अनुसन्धान र अन्वेषणसम्बन्धी कार्यलाई अगाडि बढाउन निर्देशन दिएको हो ।

त्यसैगरी खानीसम्बन्धी राष्ट्रिय विवरण पठाउन र ललितपुरमा भइरहेको ग्यास उत्खनन् कार्यलाई तदारुकताका साथ अगाडि बढाउन र खानी अन्वेषण र उत्खनन्को अनुमति लिई कार्य सुचारु नगर्ने व्यक्ति÷कम्पनीलाई कानुनबमोजिम कारबाही गर्न उपसमितिका संयोजक भक्तिप्रसाद पाण्डेले निर्देशन  िदएका छन् ।

बैठकले क्रसर उद्योग स्थानान्तरण गर्ने कार्यमा उद्योग मन्त्रालयले पहल गर्न र वैकल्पिक व्यवस्था नहुञ्जेलसम्म आन्तरिक आपूर्ति व्यवस्था सहज तुल्याई राख्ने वातावरण बनाउन मन्त्रालयलाई निर्देशन दिएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us