
काठमाण्डु, ९ पुस– एकीकृत माओवादी नेता बाबुराम भट्टराईले आमिर खान अभिनित चलचित्र पीके हेरका छन् ।
भट्टराईले केही सहयोगीका साथ काठमाण्डुको कमलपोखरीस्थित बिग सिनेमामा पिके हेरेका हुन् ।
त्यसअघि भट्टराईले आमिर खानले पिकेमा गरेजस्तै आफ्नै पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रधानमन्त्री सुशील कोइराला र एमाले अध्यक्ष केपी ओलीले क्यासेटले गुप्तांग छोपेको कार्टुन फेसबुकमा राखेर ‘एक छिन हासौं है’ लेखेका थिए ।
उक्त कार्टुन नेपाल साप्ताहिकको आइतबारको अंकमा प्रकाशित भएको थियो ।
बाबुरामले उक्त व्यवहारप्रति सामाजिक सञ्जालमार्फत धेरैले आलोचना गरेका छन् । पिके हाले भारत र नेपालसहित विश्वका धेरै देशमा एकैसाथ प्रदर्शन भइरहेको छ ।
चलचित्र हेरेपछि बाबुरामले फेसबुकमा पिके फिल्म हेर्ना लाएको भएको लेखेका छन् ।
‘समाजमा विद्यमान अज्ञानता, अन्धविश्वास, कुरिति, पाखण्ड,शोषण आदि विकृति विसंगतिमाथि चोटिलो र रोचक व्यंग प्रहार गर्दै ज्ञानविज्ञान र सामाजिक न्यायको प्रवर्धन गर्न नयाँ हिन्दी फिल्म पिके निकै सफल देखियो’, उनले लेखेका छन्, ‘यो कुनै देश वा भाषा विशेषसँग भन्दा सम्पूर्ण मानव जातिसंग सम्वन्धित सन्देशमूलक र मनोरञ्जक फिल्म भएकाले हेर्नलायक छ ।’
चलचित्रमा आमिरले भोजपुरी भाषा बोलेका विषयले नेपाली दर्शकको मन जितेको छ । चलचित्रमा एउटा भोजपुरी गीतसमेत समावेश गरिएको छ ।