जाडो छेक्ने कपडा नहुदा एकको मृत्यु

काठमाण्डु टुडे २०७१ पुष ९ गते १०:०९ मा प्रकाशित

रौतहट, ९ पुस–दुई दिनदेखि बढेको शीतलहरका कारण बुधबार रौतहटमा एकजनाको मृत्यु भएको छ ।

राति खाना खाएर सुतेका गम्हरिया बिर्ता २ का ४५ वर्षीय राजदेव पडितको जाडोले मृत्यु भएको परिवारले बताएका छन् ।

राति घरमा परालको ओछ्यान गरी पातलो च्यादर ओढेकाले मृत्यु भएको हुनसक्ने बताइएको छ ।

घरमा जाडो छेक्ने कपडा नरहेकाले जाडोले उनको  मृत्यु भएको स्थानीय सञ्चारकर्मी दिनेश साहले बताए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us