
झापा, ९ पुस–पूर्व–पश्चिम राजमार्गअन्र्तगत झापाको तोपगाछी ७ मा मंगलबार भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएपछि उनीहरूका आफन्तले बुधबार बिहानबाट राजमार्ग अबरुद्ध पारेका छन् ।
मे४प ४६५५ नम्बरको मोटरसाइकलमा सवार झापा शिवगन्ज ५ का मोटरसाइकल चालक ३२ वर्षीय भानुभक्त आचार्य र सोही ठाउँका ३५ वर्षीय जगन्नाथ गौतमलाई नम्बर नखुलेको बसले ठक्कर दिँदा उनीहरूको मृत्यु भएको थिायो ।
ठक्कर दिने गाडी र चालकलाई तत्काल पक्राउ गरी आवश्यक कारबाहीको माग गर्दै उनीहरूका आफन्तले बिहान १० बजेबाट राजमार्ग अबरुद्ध पारेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी हबल्दार याम खड्काले जानकारी दिए ।
तीव्र गतिमा गुडिरहेको बसको ठक्करबाट गौतमको घटनास्थलमै मृत्यु भएको र आचार्यको उपचारका क्रममा विराटनगरस्थित न्युरो अस्पतालमा मृत्यु भएको बताइएको छ ।