धनकुटा, १० पुस– समाजमा बढ्दै गएको कुलतलाई न्युनीकरण गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय धनकुटाले जिल्ला सदरमुकामका विद्यालयमा जनचेतना अभियान सुरु गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनकुटाले जिल्ला सदरमुकाम र गाउँ–गाउँसम्म अभियानलाई पु¥याउने लक्ष्यका साथ अहिले सदरमुकामका विद्यालयमा कुलतविरुद्धको जनचेतना अभियानलाई तीव्र बनाएको हो ।
सदरमुकामका विद्यालयमा धनकुटाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रदीपकुमार श्रेष्ठले विद्यालयका विद्यार्थीलाई लागुऔषधको प्रयोगको कारण समाजमा पर्ने असर र त्यसलाई न्युनीकरण गर्नुपर्ने आवश्यकताबारे जनचेतनामूलक कक्षा सञ्चालन गरिरहेको बताए ।
जिल्लाका दीप बोर्डिङ स्कुल, गोकुण्डेश्वर बालमन्दिर र तुलसीमेहर बोर्डिङमा कार्यक्रम सम्पन्न गरिसकेको बताउँदै उनले सदरमुकामका विद्यालयपछि गाउँ–गाउँका विद्यालयसम्म पनि अभियानलाई पु¥याइने लक्ष्य राखिएको जानकारी दिए ।
प्रहरीको यो कदम निकै प्रभावकारी भएको र यसलाई निरन्तरता दिनसके विद्यार्थी उमेरमा हुनसक्ने कुलतको प्रयोगमा कमी आउनुका साथै समाज विकासमा समेत टेवा पुग्ने तुलसीमेहर बोर्डिङका प्रधानाध्यापक नन्द न्यौपानेले बताए ।