विद्युत् चोरी गर्ने १८ पक्राउ

काठमाण्डु टुडे २०७१ पुष १० गते ६:०७ मा प्रकाशित

वीरगन्ज, १० पुस– नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगन्जले बाराको बहुअरी, प्रसौनी र खुटुवाजब्दीबाट बल्सी लगाई विद्युत् चोरी गरिरहेको अवस्थामा  बिहीबार बिहान १८ जनालाई पक्राउ गरेको छ ।

केन्द्रले सुरु गरेको विद्युत् चुहावट नियन्त्रण अभियानअन्तर्गत उनीहरूलाई विद्युत् प्राधिकरण, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बहुअरीका अनोज साह, मदन पटेल, विकी ठाकुर, दीपक ठाकुर, मुकेश पटेल, सागर पटेल, शिवचन्द्र सिंह र आलम मिया तथा प्रसौनीका नागेन्द्र यादव रहेका छन् भने खुटुवाजब्दीका विशाल राम, एनुला अन्सारी, सतन महरा, लालमोहन साह, हजरत अली, सत्रुधन पासमान, नन्दु पासमान, दीपेन्द्र पण्डित र रामनरेश कुसवाहा रहेका छन् ।

उनीहरूबाट एक लाख ९४ हजार ५१८ जरिवाना गरिएको केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार, बल्सी लगाई विद्युत् चोरी गरिरहेकाको घरबाट चार थान टेलिभिजन सेटसमेत जफत गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us