खाद्य सुरक्षामा नेपाल दयनीय अवस्थामा

काठमाण्डु टुडे २०७१ पुष ९ गते ७:३७ मा प्रकाशित

वीरगन्ज, ९ पुस–खाद्य सुरक्षाको दृष्टिकोणले नेपाल विश्वका ७८ मुलुकमध्ये ४९ औँ नम्बरमा रहेको छ ।

नेपालका मध्य तथा सुदूरपश्चिमी हिमाली जिल्ला खाद्य सुरक्षाको दृष्टिकोणले सबैभन्दा बढी खतरामा रहेका छन् ।

अहिले पनि ४० प्रतिशत नेपालीले न्यूनतम् क्यालोरी (दुई हजार एक सय ४६ क्यालोरी प्रतिदिन प्रतिव्यक्ति) उपभोग गर्न पाएका छैनन् भने तीमध्ये सुदूरपश्चिममा ४४.९ र मध्यपश्चिममा ४४.३ प्रतिशत नेपालीले न्यूनतम् क्यालोरी उपभोग गर्न नसकेको अवस्थामा छन् ।

सन् २०५० मा विश्वको जनसङ्ख्या नौ अर्ब पुग्ने र उक्त जनसङ्ख्यालाई आवश्यक पर्ने खाद्यान्न आपूर्ति गर्न हाल विश्वको खाद्यान्न उत्पादनलाई ७० प्रतिशत वृद्धि गर्नुपर्ने अनुमान संयुक्त राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रमको छ ।

विश्व खाद्य कार्यक्रमको सहयोगमा कृषि विकास मन्त्रालयद्धारा ‘खाद्य सुरक्षा प्रतिकार्य विश्लेषण’ विषयक तालिममा सो कुराको जानकारी गराइएको हो ।

खाद्य सुरक्षा कार्ययोजना निर्माण गर्ने उद्देश्यले आयोजित चारदिने तालिममा खाद्य सुरक्षाका लागि व्यवस्थित, सामयिक र भरपर्दो सूचना प्रणालीको विकास, जिल्लास्तरीय खाद्य सुरक्षा सञ्जालको महत्व, त्यसको संरचनागत व्यवस्था र कार्य प्रक्रिया तथा खाद्य सुरक्षाका लागि आवश्यक पर्ने खाद्य उपलब्धता, खाद्यमा पहु“च, उपयोग र स्थिरताजस्ता विषयवस्तुमाथि प्रशिक्षण दिइएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us