
मोरङ, ९ पुस–मोरङको इटहरामा स्कुल बसको ठक्करबाट मंगलबार बिहान एकजनाको मृत्यु भएको छ ।
दुर्घटनामा इटहरा ३ का ५५ वर्षीया मिश्रादेवी घिमिरेको मृत्यु भएको हो ।
हुलाकी राजमार्गअन्तर्गत इटहरा ३ मा न्यु भिजन इन्टरनेसनल इङ्लिस बोर्डिङ स्कुल, उर्लाबारीको ना४ख २२४१ नम्बरको स्कुल बसले उजलार्ई ठक्कर दिएको थियो ।
गम्भीर घाइते घिमिरेको विराटनगरस्थित न्युरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ । रासस