जाजरकोटका पहिरो पीडित पालमा बिताउदैछन् कष्टकर जीवन

काठमाण्डु टुडे २०७१ पुष ९ गते ९:०६ मा प्रकाशित

जाजरकोट, ९ पुस– जाजरकोटका पहिरोबाट घरजग्गाविहीन बनेका परिवार चार महिनादेखि पालमा कष्टकर जीवन बिताउन बाध्य भएका छन् ।

जिल्लाको रामीडाँडा गाविसमा गत साउन २८ गते बिहान आएको पहिरोले यहाँका केही घर आँशिकरुपमा भत्किएका थिए भने केही घर पूर्णरुपमा क्षतिग्रस्त भएका थिए ।

पूर्णरुपमा घर क्षति भएका घरका परिवार अहिले पुसको चिसोमा कठ्याँग्रिएर पालमुनि वास बस्न बाध्य छन् ।

रामीडाँडा ९ का हस्तवीर विकका चार, नरबहादुर विकका तीन, कर्णबहादुर विकका पाँचजनाको परिवार चार महिनादेखि चिसोमा कठ्याङ्ग्रिँदै पालमुनि वास बसिरहेका छन् ।

उनीहरुसँग अहिले रेडक्रसले बाँडेका भाँडाकुँडा, पाल र कम्बलबाहेक अरु केही छैन । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us