
कञ्चनपुर, ९ पुस–जन्मजात दृष्टीविहीन रहेका दाङ जिल्लाका उच्च शिक्षा अध्ययन गर्दै आएका विद्यार्थी क्याम्पस शुल्कको व्यवस्था गर्न साङ्गीतिक कार्यक्रम गरी रकम जुटाउने कार्यमा अग्रसर भएका छन् ।
उनीहरु बजार क्षेत्रको चोकमा उभिई आधुनिक र लोकगीत गाएर क्याम्पसको शुल्क तिर्न पैसा जुटाउने कार्य गर्न थालेका हुन् ।
मङ्सिर १६ गतेदेखि क्याम्पसको शुल्कका लागि पैसा जुटाउन कार्यक्रम गर्दै आएका पाँचजना दृष्टिविहीनमध्ये तीनजना छात्र र दुई जना छात्रा कञ्चनपुर आइपुगेका छन् ।
बाँकेको कोहलपुर, कैलालीको अत्तरिया, धनगढी हँुदै कञ्चनपुरको झलारी आएका उनीहरूले हालसम्म कार्यक्रम गरी ६० हजार सङ्कलन गरेका छन् ।
महेन्द्र बहुमुखी क्याम्पस, घोराही, दाङमा विएड प्रथम वर्षमा अध्ययन गर्दै आएका दृष्टिविहीन छात्र मनोज घर्तीले घर परिवारको आर्थिक अवस्था कमजोर रहेकाले क्याम्पसको मासिक शुल्क र भर्ना शुल्क तिर्न नसक्दा आफैं कार्यक्रम गरी पढाइका लागि पैसा सङ्कलन गर्दै हिडेको बताए । रासस