
धनगढी, ९ पुस–नेकपा एमाले कैलालीकी नेत्री रमा चन्दको निधन भएको छ । लामो समयदेखि पाठेघरको समस्याले थलिएकी चन्दको पाठेघर क्यान्सरका कारण मृत्यु भएको हो ।
विसं २०३६ मा जन्मेकी चन्दले २०५७ सालमा एमाले पार्टीको सक्रिय सदस्य लिएकी थिइन् । उनी अखिल नेपाल महिला सङ्घकी सदस्य थिइन् ।
एमाले पार्टीका विभिन्न जनवर्गीय सङ्गठनमा रहेर काम गर्दै आएकी नेत्री चन्दले स्थानीय, क्षेत्रीय कमिटीमा रहेर काम गरिसकेकीे छन् ।
नेत्री चन्दको निधनले एमाले कैलालीलाई अपूर्णनीय क्षति पुगेको एमाले जिल्ला अध्यक्ष दीर्घ सोडारीले बताए ।
बुधबार नेत्री चन्दको पार्थिव शरीरमा एमाले पार्टी कार्यालयमा एमालेका सभासद् प्रेम आलेमगर, एमाले जिल्ला अध्यक्ष दीर्घ सोडारी, सचिव रणबहादुर चन्दलगायत कार्यकर्ताले पार्टीको झन्डा ओढाएर माला र अबिर लगाएका थिए । चन्दको बुधबार नै अन्त्यष्टि गरिएको छ । रासस