कैलालीमा कोइला उत्पादन गरिदै

काठमाण्डु टुडे २०७१ पुष ९ गते ९:२४ मा प्रकाशित

कैलाली, ९ पुस–कैलालीमा स्थानीयस्तरमा रोजगारी सिर्जना र खेर जाने प्रजाति वनमाराको पुनःप्रयोग गर्न चारकोल (जैविक कोइला) उत्पादन गरिन थालेको छ ।

Magura-Koila

जिल्लाका वनबेहडा, रतनपुर गाविस ६ र टीकापुरको जनशक्ति सामुदायिक वनबाट जैविक कोइला उत्पादन गरिन थालेको हो ।

बायोइनर्जी परियोजनाअन्तर्गत खेर जाने प्रजाति वनमाराबाट चारकोल उत्पादन गरी औद्योगिक उपयोगिता वृद्धिसँगै रोजगारी सिर्जना गर्ने उद्देश्यले यो कार्यक्रम लागू गरिएको बायोइनर्जी परियोजनाका रामकुमार सेतीमहरले बताए ।

यो कार्यक्रम देशका ११ जिल्लामा लागू भएको छ । वनमाराबाट उत्पादित कोइलाको तापशक्ति धेरै भएको परीक्षणका क्रममा देखिएको जनाइएको छ ।

स्थानीयस्तरमा उत्पादित चारकोल वनमारा भएका सामुदायिक वनमा वनमाराको उपयोग गर्न विभिन्न कार्यक्रम गरिन लागेको जनाइएको छ ।

चारकोल फलामको भट्टी, फिक्स भट्टी र सुधारिएको खाल्डो प्रविधिबाट थोरै लागतमा उत्पादन गर्न सकिनेछ । स्थानीयस्तरमा यो कोइला उत्पादन पश्चात् कोइला आयातमा केही कमी ल्याएर स्वदेशी पुँजी विदेश पलायनबाट जोगाउन सकिने सेतीमहरले बताए ।
चारकोलको प्रतिकेजी ४० देखि ६० र कमसलखालको २२ देखि २५ मूल्य रहेको छ । चारकोल इँटाभट्टामा समेत प्रयोग गर्न सकिने जनाइएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us