सार्वजनिक यातायातमा एक प्रतिशत मात्र भाडा घट्यो

काठमाण्डु टुडे २०७१ पुष ९ गते ६:४३ मा प्रकाशित

काठमाण्डु, ९ पुस -सार्वजनिक यातायातका साधनको यात्रु भाडा दर घटाउने सरकारको निर्णय मंगलबारदेखि लागू भएको छ । सरकारको भाडाँ निर्णय लागु भएसंगै यसको विरोधमा रहेका विधार्थी संगठन भने बिरोधमा उत्रने भएका छन् ।

१३ विधार्थी संगठनको संयुक्त बैठकबसी बिरोधका कार्यक्रम सार्वजनिक गरिने अखिल क्रान्तिकारिका केन्द्रिय उपाध्यक्ष रमेश मल्लले जानकारी दिए ।
सार्वजनिक यातायातका साधनमा प्रयोग हुने इन्धन डिजेलको मूल्य चार महिनायता पटकपटक गरी १३ रुपयाँले घटेपछि सार्वजनिक यातायातका साधनको भाडा घटाउनुपर्ने आवाज चौतर्फी उठ्न थालेपछि सरकारले भाडा घटाउने निर्णय गरेको थियो ।
तर विधार्थी संगठनले भने सरकारले भाडा दर कम घटाएको भन्दै पटक पटक सरकारको ध्यानआकर्षण गराउँदै आइरहेका छन् ।
यातायात व्यवस्था विभागको सिफारिसमा सरकारले एकदेखि २.७३ प्रतिशतसम्म भाडा घटाएको छ ।

नयाँ भाडादरअनुसार यात्रुबाहक सवारी साधानमा एक प्रतिशत, ढुवानीतर्फ तराईमा चल्ने ट्रक तथा कन्टेनरमा २.०७ प्रतिशत र पहाडमा चल्नेमा २.७३ प्रतिशत भाडा घटेको जनाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us