आङकाजीले बाहुनहरुको नाक नकाट्ने, बरु मुक्ति दिलाउने

काठमाण्डु टुडे २०७१ पुष ८ गते १४:२४ मा प्रकाशित

ankaji sherpaतनहुँ, ८ पुस– संघीय समाजवादी पार्टीका स्थायी समिति सदस्य आङकाजी शेर्पाले आफूहरुले बाहुन–क्षेत्री समुदायको हितमा जातीय संघीयताको वकालत गरेको दाबी गरेका छन् ।
आदिवासी जनजाति महासंघका पूर्वमहासचिवसमेत रहेका शेर्पाले महासंघले तनहुँको दमौलीमा गरेको कार्यक्रममा यस्तो दाबी गरेका हुन् ।

शेर्पाले आफूहरुले भन्ने गरेको जातीय संघीयतामा बाहुन क्षेत्री समुदायभित्र रहेका उत्पीडितहरुको उत्थान हुने तर्क गरे ।

‘जातीय संघीयता बाहुनहरुको पनि हितमा छ’, शेर्पाले भने, ‘उत्पीडनमा परेका बाहुन/क्षेत्रीयको उत्थान हामीले भनेजस्तो जातीय संघीयताबाट सम्भव छ ।’
उनले जातीय आधारमा बनेको राज्यमा सबै जातजातिको समान अधिकार हुने भएकाले कोही आशंकित हुनुनपर्ने उल्लेख गरे ।

एउटै जातीयको मात्र एकाधिकार हुने राज्य आफूहरुले नमागेको उनको दाबी थियो । उनले आफूहरु सिंहदरबार कब्जा जमाएर बसेको पहाडे पुरुष बाहुनको मात्र विरोधमा रहेको बताए ।

कार्यक्रममा काँग्रेस नेता इन्द्रबहादुर गुरुङले जातीय संघीयताका लागि आवश्यक परे पार्टी परित्याग गर्न तयार रहेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us