
काठमाण्डु, ८ पुस–तोकिएको समयमा संविधान ल्याउन माग गर्दै मंगलबार संयुक्त विद्यार्थी आन्दोलनका क्रममा निन्द्रा जुलुस प्रदर्शन गरिएको छ ।
विद्यार्थीले एक देखि ६ सय एक नम्बरसम्मको लोगो लगाई सडकमा सुतेर सभासद्लाई गम्भीर बन्न साङ्केतिक विरोध गरेका थिए । जुलुस माइतीघरदेखि नयाँ बानेश्वरसम्म गरिएको थियो ।
जुलुसमा नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु, अखिल ९पाँचौँ०, अखिल ९छैटौँ० तथा मधेसी विद्यार्थी मञ्चलगायतको सहभागिता रहेको थियो । रासस