बसबाट ओँर्लदा लडेर हरिनारायणको मृत्यु

काठमाण्डु टुडे २०७१ पुष ८ गते १०:३४ मा प्रकाशित

सिरहा, ८ पुस–पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको धनगढीमा मंगलबार बसबाट ओर्लिंदा लडेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा फुलकहाकट्टी गाविस ७ का अन्दाजी २५ वर्षीय हरिनारायण कामैत रहेका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक वासुदेव यादवका अनुसार ना४ख ९५०८ नम्बरको यात्रुबाहक बसबाट ओर्लिंन खोज्दा लडेर कामैत गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि लहान अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरी निरीक्षक यादवले बताए ।

बस र चालकलाई इलाका प्रहरी कार्यालय धनगढीले नियन्त्रणमा लिएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us