
काठमाण्डु, ७ पुस– प्रमुख प्रतिपक्षी दल एकीकृत माओवादीको नेतृत्वमा रहेको ३० दलीय मोर्चाले संविधान निर्माणका लागि दबाब दिन देशव्यापी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।
मोर्चाको सोमबार बसेको बैठकले पुस १९ गते सबै जिल्लामा प्रदर्शन गर्ने र पुस २५ देखि पाँच दिनसम्म फरक फरक राज्यहरुमा आमहड्ताल गर्ने निर्णय गरेको छ ।
कांग्रेस–एमाले नेतृत्वको सत्तारुढ गठबन्धनले सहमतिबाट संविधान निर्माण गर्नुभन्दा बहुमतका आधारमा जान खोजेपछि प्रतिपक्षी मोर्चा आक्रोशित भएको थियो ।
प्रतिपक्षी मोर्चामा संविधान सभाभित्रका १९ र ११ बाँकी गरी ३० दल रहेका छन ।