‘हिन्दू राज्य’ को अभियान चलेका बेला ‘मुस्लिम गठबन्धन’ घोषणा

काठमाण्डु टुडे २०७१ पुष ७ गते १६:१३ मा प्रकाशित

muslim nepalकाठमाण्डु, ७ पुस– हिन्दू अधिराज्य घोषणाको माग गर्दै राप्रपा नेपाल र काँग्रेसको खुमबहादुर खड्का समूहले अभियान चलाइरहेका बेला मुस्लिम समुदायले पनि गठबन्धन निर्माण गरेका छन् ।
नयाँ बन्ने संविधानमा आफूहरुका माग सम्बोधन गर्न दबाब दिने भन्दै ‘राष्ट्रिय मुसालमान संघर्ष समिति’ घोषणा गरिएको हो  ।

राजधानीमा सोमबार भएको भेलाले तराई मधेस लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य शमीम अन्सारीको संयोजकत्वमा १५ सदस्यीय गठबन्धन घोषणा गरिएको हो ।

गठबन्धनको सह–संयोजकमा एमाले भातृ संगठन मुस्लिम इत्तेहाद संगठनका पूर्वमहासचिव ताजमोहम्मद मियाँ, महिला अधिकारकर्मी सीमा खान, मौलाना सफिकुर रहमान, इर्शाद अन्सारी र मोअज्जम अन्सारी चयन भएका छन् ।

यस्तै भेलाले एमाओवादी सभासद मोहम्मद जाकिर हुसैनलाई महासचिवको जिम्मेवारी दिएको छ भने सचिवमा मुस्लिम इत्तेहादका उपाध्यक्ष मुहम्मदीन अली, कोषाध्यक्षमा काँग्रेस भातृ संस्था मुस्लिम संघ नेपालका वरिष्ठ उपाध्यक्ष मोहम्मद निजामुद्दिन र सहकोषाध्यक्षमा जलिमा मियाँ छन् ।

मुस्लिम संघका सचिज शाहीद अलीलाई गठबन्धनको प्रवक्ता तोकिएको छ ।

गठबन्धनले नयाँ संविधानमा जातीय पहचिानका साथै अधिकार सम्पन्न मुस्लिम आयोग गठन, मुस्लिम स्वायत्त क्षेत्र घोषणा तथा राज्यका सबै निकायमा आफ्नो समुदायको समानुपातिक र समावेशी प्रतिनिधित्व सुनिश्चित हुनुपर्नेलगायत ९ बुँदे माग अघि सारेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us