
विराटनगर, ७ पुस–मोरङमा सोमबार एक नक्कली प्रहरी नायब उपरीक्षक पक्राउ परेका छन् ।
आफूलाई प्रहरी नायब उपरीक्षक बताउने ३९ वर्षीय ज्ञानेन्द्र सापकोटालाई विराटनगरको रोडशेषबाट पक्राउ गरिएको वडा प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
आफ्नो पुरानो घर विराटनगरको बरगाछी रहेको बताउने उनी केही दिनदेखि विराट होटेलमा बस्दै आएको र आपूm काठमाण्डु महाराजगन्जस्थित केन्द्रीय अनुसन्धान ब्युरोमा रहेको भनेर हिँड्ने गरेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सर्वसाधारणलाई ठगी गर्ने मनशाय पनि देखिएकाले उनीमाथि जिल्ला प्रहरी कार्यालयमा सार्वजनिक अपराधअन्तर्गत मुद्दा दर्ता गरिएको छ । रासस