सिरहा, ३ मंसिर–एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सिरहा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिएका बिभिन्न दलका नेताहरुले समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । मधेसी जनअधिकार फोरम गणतान्त्रिकका राम औतार महतो, जनता दल युनाइटेडका जगदिश कुमार सिंह र लोकतान्त्रिक जनता पार्टी...
चितवन, ३ मंसिर–नेकपा एमाले चितवन जिल्ला कार्यालय र प्रचारका लागि खुलेका कार्यालयमा आइतबार एकीकृत नेकपा माओवादीले बम विस्फोट एवम् आगजनी गरेको एमालेले आरोप लगाएको छ । एमाले जिल्ला पार्टी कार्यालय भरतपुरमा दुई र भरतपुर नगरपालिका वडा नं. ११ को प्रचार कार्यालयमा एउटा पेट्रोल बम...
काठमाण्डु, ३ मंसिर–भूमिगतरुपमा सशस्त्र गतिविधि सन्चालन गर्दै आएको जनतान्त्रिक तराई मुक्ति मोर्चाका प्रमुख रन्जित झालाई प्रहरीले सोमबार सार्बजनिक गर्दै छ । उनलाई दुई दिनअघि प्रहरीले नेपाल भारत सीमाबाट पक्राउ गरेको थियो । राजन भनिने रन्जित झालाई केन्द्रीय अनुसन्धान व्यूरोले पत्रकार सम्मेलन गरी सार्बजनिक गर्न...
इलाम, ३ मंसिर– इलामको नाम्सालिङमा नेपाली काँग्रेस र नेकपा एमालेका कार्यकर्ताहरुबीच झडप हुँदा ६ जना घाइते भएका छन् । साँझ गाडिलाई साइड नदिएको विषयमा विवाद बढ्दै गएर आइतबार मध्यरात झडप भएको हो । दुबै तर्फका तीन–तीन जना घाइते भएको प्रहरीले जनाएको छ । काँग्रेस...
बाग्लुङ, ३ मंसिर– अज्ञात समूहले नेबिसंघ बाग्लुङ जिल्ला अध्यक्ष हरिहर शर्मामाथि आक्रमण गरेको छ । आक्रमणबाट शर्मासहित उनको परिवारका पाँचजना सदस्य घाइते भएका छन् । बाग्लुङको जैदी गाविसस्थित शर्माको घरमा आइतबार राती १० बजे छिरेको एक समूहले शर्मा, उनको बुवा–आमा, भाई र बहिनीलाई आक्रमण...
काभ्रे, ३ मंसिर– नेकपा–माओवादीको बनेपा नगर इन्चार्ज सौरभ कायस्थलाई प्रहरीले पक्राउ गरेको छ । निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा कायस्थलाई प्रहरीले पक्राउ गरेको हो । आइतबार राति उनलाई प्रहरीले नियन्त्रणमा लिएको पारिवारिक स्रोतले जनाएको छ । निर्वाचन बिथोल्ने उद्देश्यले भैरहेका गतिविधि नियन्त्रणकालागि प्रहरीले सुरक्षा...
दमक, ३ मंसिर–झापाको दमक–५ स्थित दुम्सेको नयाँ बस्तीमा सोमबार विहान आगलागी हुँदा नौं घर जलेर नष्ट भएका छन् । सुकुम्बासी बस्तीमा विद्युत् सर्ट भई आगलागी भएको हो । आगलागीबाट अन्नपात, लत्ताकपडा तथा अन्य सरसामान सबै जलेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । आगलागीबाट...
काठमाण्डु, ३ मंसिर–दाङको तुलसीपुरमा रहको अञ्चल प्रहरी कार्यालय नजिक सोमबार बिहान सुतली बम विस्फोट भएको छ । विस्फोटबाट मानवीय क्षेती नभएको प्रहरीले जनाएको छ । मतदान केन्द्रलाई लक्षित गरी विस्फोट भएको हो । यसैगरी नुवाकोटको कुमरी ९ मा सिलिण्डर बम, चौघडा ३ मा तुप्चे...
सिलगढी, ३ मंसिर–डोटीको काडामाडौं–९ चैकोटका बहादुरे विक भारतको महाराष्ट्रबाट मतदान गर्न घर आएका छन् । उनीमात्रै होइन जिल्लाका विभिन्न ग्रामीण बस्तीबाट कामको खोजीमा भारत गएका युवा घर फर्किसकेका छन् । देशमा बढ्दै गएको संविधानसभाको वातावरणलाई हेरेर मतदान गर्न मात्र घर आएको सिमचौरका नागेन्द्र बमले...
काठमाण्डु,२ मङ्सिर–गृह मन्त्रालयका सचिव जनार्दन नेपालले नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक उपेन्द्रकान्त अर्याललाई महानिरीक्षक पदको दज्र्यानी चिह्न लगाइदिएका छन । गृह मन्त्रालयमा आयोजित विशेष समारोहमा सचिव नेपालले महानिरीक्षक अर्याललाई दज्र्यानी चिह्न लगाइ दिएका हुन । सो समारोहलाई सम्बोधन गर्दै सचिव नेपालले संविधानसभाको निर्वाचनको सुरक्षामा अग्रपङ्तिमा...
काठमाण्डु, २ मंसिर– मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले आम जनतामा निर्धक्क भएर संविधानसभाको निर्वाचनमा मतदान गर्न आह्वान गरेका छन् । उनले विशेष सुरक्षा रणनीतिमार्फत सुरक्षा व्यवस्थालाई मजबुद र जनमैत्रै बनाएकोले आफूले रोजेको दल तथा उम्मेदवारलाई निर्धक्क भएर मतदान गर्न आह्वान गरेका हुन् । आइतबार साँझ...
चितवन, २ मंसिर–एमाओवादीका कार्यकर्तालाई एमाले युथफोर्सका कार्यकर्ताहरुले आक्रमण गरेपछि उत्पन्न असहज परिस्थितिलाई नियन्त्रणमा लिन चितवनको भरतपुरमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । नेकपा एमाले कार्यालय रहेको भरतपुर आसपासको क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको हो । स्थानीय प्रशासनले कसैलाई पनि घरबाट बाहिर ननिस्कन निर्देशन...