
मोरङ, ७ पुस – विराटनगर उपमहानगरपालिका–११ मा निर्माणाधीन बधशालामा लगाइएको रु ७८ लाख अन्योलमा परेको छ । बजेट अभावमा बधशाला निर्माणको काम अन्योलमा परेपछि जिल्ला पशुसेवा कार्यालय मोरङको ६० लाख र विराटनगर उपमहानगरपालिकाको १८ लाख खेर जाने अवस्थामा पुगेको छ ।
आर्थिक वर्ष २०६५/०६६ बजेट निकास भई निर्माण सुरु गरिएको बधशालाले हालसम्म पूर्णता नपाएको विराटनगर उपमहानगरपालिकाका कार्यकारी अधिकृत गोपालप्रसाद रेग्मीले बताए ।
अत्याधुनिक दुईतले बधशालाको संरचनामा नै त्रुटि रहेको पशुपक्षी बजार प्रवद्र्धन निर्देशनालय काठमाण्डुका निर्देशक डा. केशवप्रसाद प्रेमी बताउछन् । बधशाला स्थापना नहुन्जेल पशु बधशाला तथा मासु जाँच ऐन, २०५५ कार्यान्वयन हुने सम्भावना नरहेको प्रेमीको भनाइ छ ।
स्थानीय स्वायत्त शासन ऐनले पनि स्थानीय निकायलाई बधशाला स्थापना गर्ने र त्यसलाई व्यवस्थित गर्ने जिम्मेवारी दिएको छ ।