चितवनमा दुइले गरे आत्महत्या

काठमाण्डु टुडे २०७१ पुष ७ गते ५:०६ मा प्रकाशित

चितवन, ७ पुस –चितवनको माडी नगरपालिकामा भएको छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु भएको छ ।

माडी नगरपालिका वडा नम्बर ५ की ७३ वर्षीया कौलिहियादेवी महत्तो र मकवानपुर कालिङ्गटार घर भई माडी बस्दै आएका राजकुमार थिङको मृत्युभएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कौलिहियाले आफ्नै घर पछाडिको शौचालयको बलोमा साडीको पासो लगाएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

यस्तै मकवानपुर कालिङ्गटार घर भई माडी नगरपालिका वडा नम्बर १२ बस्दै आएका  भाइकाजी थिङका छोरा राजकुमारको विष खाएर मृत्युभएको छ ।

आइतबार साँझ विष खाएका उनको सीमा सुरक्षामा रहेका सशस्त्र प्रहरीले उपचारका लागि ठोरीतर्फ लैजाँदै गर्दा राति नै मृत्युभएको प्रहरीको भनाइ छ । शवको घटना विवरण सङ्कलन गरी परीक्षणका लागि भरतपुर अस्पतालमा ल्याइएको छ । दुईवटै घटनाको कारण नखुलेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us