
कञ्चनपुर, ७ पुस–भारतमा बेचिएकी एक नेपाली महिलाको उद्धार गरी महेन्द्रनगर ल्याएको छ ।
माइती इन्डियाको सहयोगमा माइती नेपालले भारतको नोयडाबाट ती महिलाको उद्धार गरेको हो । भारतको हिमाञ्चल प्रान्तमा कामका लागि गएका श्रीमान्सँग भेट गराई दिने भन्दै चिनजान भएकै व्यक्तिले महिलालाई भारतको नोयडा पुर्याएर बेचेको माइती नेपाल महेन्द्रनगरकी संयोजक महेश्वरी भट्टले बताइन् ।
महिला हिमाञ्चल नपुगेको भन्दै उनका आफन्तले माइती नेपाललाई गुहारे पछि खोजतलास गरिएको थियो । उद्धार गरेर ल्याएकी महिला माइती नेपाल महेन्द्रनगरको संरक्षणमा रहेकी छिन् । रासस