
काठमाण्डु, ७ पुस– एमाओवादी नेता बाबुराम भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा अश्लिलता झल्कने कार्टुन पोष्ट गरेका छन् ।
भट्टराईले आफ्नै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रधानमन्त्री एवम् काँग्रेस सभापति सुशील कोइराला र एमाले अध्यक्ष केपी ओलीको नग्न कार्टुनको तस्वीर राखेका हुन् ।
नेपाल साप्ताहिकमा छापिएको ‘आँखीझ्याल’ शीर्षकको उक्त कार्टुनमा तीनैजनाले कपडा लगाएका छैनन् । तस्वीरमा तीनै नेताले क्यासेटले गुप्ताङ्ग छोपेको देखिन्छ । फोटोसँगै भट्टराईले लेखेका छन्, ‘एकछिन हाँसौं है ।’
उनको पोष्टमा अधिकांशले नकारात्मक प्रतिक्रिया दिएका छन् । प्रचण्ड पुत्र प्रकाश दाहालले कडा प्रतिक्रिया दिएका छन् ।
दाहालले लेखेका छन्, ‘बाबुरामले नै यसरी आफ्नो फेसबुकमा फोटो हालेर मनोरञ्जन लिनु कहाँसम्मको तरिका हो ? आफ्नो क्यासेट पनि नभएको ख्याल गरेका छौ ?’
प्रकाश अधिकारी बाबुरामको वालमा लेख्छन्, ‘नालयकपन, बेइज्जती, कसरी मज्जा लिन सकेको होला ?’ ग्यानु स्याङवा तामाङले भनेका छन्, ‘आफ्नो राख्न बिर्सेछन् नि ?’