एमाओवादी मोर्चाले आन्दोलन घोषणा गर्दै

काठमाण्डु टुडे २०७१ पुष ७ गते ४:३८ मा प्रकाशित

gathabandhanकाठमाण्डु, ७ पुस– काँग्रेस–एमालेसँगको वार्ता भाँडिएपछि एमाओवादी नेतृत्वको १९ दलीय मोर्चा आन्दोलनको तयारीमा जुटेको छ ।

आन्दोलनका कार्यक्रम तय गर्न आज अपराह्न मोर्चाको बैठक बस्दैछ । बैठकमा एमाओवादी महासचिव कृष्णबहादुुर महरा नेतृत्वको कार्यदलले आन्दोलनको खाकासहतिको प्रतिवेदन बुझाउने छ ।

यसअघि आइतबार बसेको मोर्चाको बैठकले काँग्रेस–एमाले गणितीय खेलमा लागेकाले सहमतिमा संविधान बन्ने सम्भावना सकिएको निष्कर्षसहित आन्दोलनमा जाने निर्णय गरेको थियो ।

बैठकले सडक र सदनमा गर्ने आन्दोलनका कार्यक्रम घोषणा गर्ने सम्भावना रहेको मोर्चा घटक मधेसी जनाअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले काठमाण्डु टुडेलाई जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us