उदयपुर, ७ पुस– उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–२ गाईघाट बजारको विद्युत् मार्गमा बस्ने एक वृद्धको आइतबार आफ्नै दुईतलाको घरको छतबाट खसेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा गाईघाट विद्युत् मार्ग बस्ने ८४ वर्षीय दलबहादुर दाहाल रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले बताएको छ । दाहाल राति छतबाट खसेर भुइँमा झर्दा सख्त घाइते भएका थिए ।
दाहाललाई तत्काल जिल्ला अस्पतालमा उपचार गर्नेक्रममा मृत्यु भएको उदयपुरका प्रहरी प्रमुख टेकबहादुर गुरुङले बताए ।