सामान ढुवानीमा खच्चडको प्रयोग बढ्दै

काठमाण्डु टुडे २०७१ पुष ७ गते २:३५ मा प्रकाशित

रसुवा, ७ पुस– रसुवाको हिमाली क्षेत्रमा खाद्य सामग्री ढुवानीका लागि खच्चड प्रयोग दिनप्रतिदिन बढ्दै गएको छ ।

khachad

पर्यटकका सामग्री बोक्न स्याफ्रुबेसीबाट लाङटाङ क्षेत्रमा सुरु भएको खच्चडद्वारा सामान ढुवानी गर्ने कार्य क्रमशः विस्तार हुँदै जाँदा मोटरबाटो नपुगेको चन्दनबारी, गोसाइँकुण्ड, बृद्धिम, चिलिमेको तातोपानी, थुमन, नाकथली, हाकुसम्म विस्तार भएको खच्चर ढुवानीकर्ता देवी तामाङले बताए ।

एउटा खच्चरले ५० देखि ८० केजीसम्म सामान ढुुवानी गर्ने र एउटै व्यक्तिले पाँच /सात वटा खच्चड सहज रुपले गन्तव्यसम्म पुर्‍याउन सक्ने व्यवसायीले बताएका छन् ।

स्थानीय कामदार रोजगारीको सिलसिलामा विदेसिएपछि सामान बोक्ने भरिया अभावकै कारण जिल्लामा ५० भन्दा बढी खच्चर दैनिक प्रयोग भइरहेको व्यवसायीले भनाइ छ ।

खच्चड बाट ढुवानी गर्दा दूरीको हिसाबले प्रतिकेजी १० देखि २५ रुपैयाँसम्म शुल्क लिने गरेको बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us