
नवलपरासी, ८ पुस–नवलपरासीको तम्सरियामा रहेको लोक सेवा उच्चमावि वसन्तपुरमा अध्ययनरत १० विद्यार्थी एकै साथ बिरामी भएका छन् ।
विद्यार्थीमा रुने, कराउने, उफ्रने समस्या देखिएका छन् । सुरुमा केही विद्यार्थीमा देखिएको समस्या केही समयपछि अन्य विद्यार्थीमा समेत देखापरेको छ । यस्तो समस्या देखिएका बिरामीलाई उपचारका लागि अहिले मध्यबिन्दु सामुदायिक अस्पतालमा ल्याइएको छ ।
१४ देखि १८ वर्ष उमेर समूहका युवतीमा देखिने यस्तो समस्या मास हिस्टेरिया भएको अस्पतालका चिकित्सक किरण सोतीले बताए ।
मास हिस्टेरियाको समस्या समूहमा बस्नेहरुमा बढी देखिने हँुदा बिरामीलाई छुट्टाछुट्टै राखेर उपचार गरेको अस्पतालले जनाएको छ ।
बिरामीमध्ये तीनजना सञ्चो भएर अभिभावकको जिम्मा लगाई घरमा पठाएको र सातजनाको उपचार भइरहेको विद्यालयका प्रधानाध्यापक चन्द्रदेव तिवारीले जानकारी दिए । रासस