हात्ती आतङ्कले एक घाइते, तीन घरमा क्षति

काठमाण्डु टुडे २०७१ पुष ७ गते ७:५७ मा प्रकाशित

विराटनगर, ७ पुस–मोरङमा सोमबार बिहान जङ्गली हात्तीको आक्रमणबाट एक महिला घाइते भएकी छन् भने हात्तीले तीनवटा घरसमेत भत्काएको छ ।

elephant

पथरी ८ स्थित भुटानी शरणार्थी शिविरमा पसेका हात्तीको समूहले ३० वर्षीया बुनुमाया सुवेदीलाई घाइते बनाएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

सोही शिविरका रामबहादुर राई, दिलबहादुर राई र गोपाल सुवेदीको एक–एकवटा गरी तीनवटा घर भत्काएको हो ।

नेपालको पूर्वी क्षेत्रबाट प्रवेश गरेका ती भारतीय जङ्गली हात्तीलाई नजिकको स्थानीय र प्रहरीले जङ्गलतर्फ लखेटेका छन् । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us