चितवनमा पहिलो पटक गरियो मुटुको सफल शल्यक्रिया

काठमाण्डु टुडे २०७१ पुष ७ गते ६:०६ मा प्रकाशित

चितवन, ७ पुस–कलेज अफ मेडिकल साइन्सेस भरतपुर चितवनले राजधानी बाहिर पहिलोपटक मुटुको सफल शल्यक्रिया गरेको छ ।

Mutu

राजधानी बाहिर नै पहिलो पटक मेडिकल कलेजले मुटुको सफल शल्यक्रिया गरेको कलेजका निर्देशक डाक्टर भि.नटराजप्रसादले बताए ।

बारा कलैयाका ३५ वर्षीय सत्यनारायण रामको मुटुमा परेको प्वालको ओपन हार्ट सर्जरी गरेको डा नटराजले जानकारी दिए ।

केही दिनअघि शल्यक्रिया गरिएका सत्यनारायणको स्वास्थ्य सामान्य बनेपछि सोमबार डिस्चार्ज गर्ने तयारी समेत गरिएको अस्पतालले जनाएको छ ।

करिब तीन लाख खर्च लाग्ने भए पनि उनकोको शल्यक्रिया कलेजले निःशुल्क गरेको हो ।

विभिन्न अस्पतालमा गएर करिब दुई लाख सकेको र पैसा नभएर उपचार गर्न नसकेका बेला कलेजले निःशुल्क शल्यक्रिया गरेर आफूले नयाँ जीवन पाएको भन्दै सत्यनारायणले खुसी व्यक्त गरे ।

उनको जन्मैदेखि मुटुमा तीन सेन्टिमिटरको प्वाल रहेको उपचारमा संलग्न चिकित्सक डा कौसल तिवारीले जानकारी दिए ।

कलेजका प्राध्यापक डि जयपाल रेड्डीको नेतृत्वमा डा दिनेश चापागाईं, डा कौशल तिवारी, डा सन्तोष शाह, प्राध्यापक पिसी माझी, डा राजेश यादवसहितको टोलीले शल्यक्रिया गरेको थियो । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us