
इटहरी, ७ पुस–प्राचीन तथा पौराणिक धार्मिक श्राद्ध तीर्थस्थल विष्णुपादुकामा पौषे आँैसीका अवसरमा हजाराँै श्रद्धालुले घुइचो लागेको छ । आफ्नो पितृको मोक्ष प्राप्तिको कामना गर्दै श्राद्ध गर्नेहरुको यसरी घुइचो लागेको हो ।
आफ्ना मातापिता वा पुर्खाको स्वर्गवासको कामनासहित कोका नदीमा पवित्र मनले स्नान गरी शुद्ध भएर यस पावन भूमिमा गई श्राद्ध गर्नाले पितृहरुले मोक्ष प्राप्त गर्छन् भन्ने धार्मिक ग्रन्थमा उल्लेख भएअनुसार यस स्थानमा आई श्राद्ध गर्ने प्रचलन रहेको छ ।
सुनसरी जिल्लाको तत्कालीन विष्णुपादुका गाविसमा रहेको यही पावन भूमिमा भगवान् विष्णुले देवता र दानवबीच भएको युद्धमा मारिएका देवगणको आत्माको शान्तिसहित स्वर्गलोक प्राप्तिका लागि पहिलोचोटी श्राद्ध गरेको स्थान भएका कारणले पनि यो भूमि पितृ श्राद्धका लागि शुद्ध भूमि मानिँदै आएको छ ।
रसतलमा डुबाइन लागेको पृथ्वीलाई भगवान् विष्णुले बराह अवतार धारण गरेर सँुढले पृथ्वीको उद्धार गरेर विष्णुपादुकामा गई भगवान् विष्णुले यस क्षेत्रलाई पवित्र श्राद्धस्थलका रुपमा प्रयोग गरेको भन्ने धार्मिक ग्रन्थमा प्रशस्त उल्लेख भएअनुसार हरेक वर्षको पौषे आँैसीका दिनदेखि तीन दिनसम्म विष्णुपादुकामा श्राद्ध मेला लाग्दै आएको छ ।
भारतमा रहेको गयाभन्दा पनि विष्णुपादुका गई श्राद्ध गर्नाले आफू र आफ्ना सारा पितृको आत्माले शान्ति पाउने र सिधै स्वर्गलोक पुगिन्छ भन्ने किंवदन्तीसमेत रहिआएकाले नेपाल तथा भारत र अन्य स्थानका मानिससमेत यहाँ आएर पुर्खाका नाममा श्राद्ध गर्ने गरेका छान् । रासस