युवती बेच्न लैजाने युवक जेल चलान

काठमाण्डु टुडे २०७१ पुष ७ गते १०:०२ मा प्रकाशित

महोत्तjailरी, ७ पुस–महोत्तरीको सीमानाका युवती बेच्न भारत लैजाने क्रममा पक्राउ परेका एक युवकलाई जिल्ला अदालत महोत्तरीले पुर्पक्षका लागि जेल चलान गरेको छ ।
जेल चलान हुने महोत्तरीको नैन्ही २ बस्ने बुच्ची झाका २२ वर्षीय छोरा प्रदीप झा हुन् ।
मङ्सिर ११ गते काठमाण्डु घर भएकी एक युवतीलाई ललाइफकाई भारत बेच्न लैजाँदै गरेको अवस्थामा प्रदीप झालाई महोत्तरीको मूल सीमानाका भिट्ठामोडमा अवस्थित प्रहरी चौकीले युवतीसहित पक्राउ गरेको थियो ।

झालाई प्रहरीले मानव बेचबिखन मुद्दा चलाएर महोत्तरी जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि जलेश्वर कारगारमा पठाइएको प्रहरी नायब उपरीक्षक लोकेन्द्र श्रेष्ठले बताए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us